images

शुक्रवार, चैत्र १६ गते २०८०

लायन्स सिद्धार्थनगरको आयोजनामा निःशुल्क मधुमेह परीक्षण शिविर

लायन्स सिद्धार्थनगरको आयोजनामा निःशुल्क मधुमेह परीक्षण शिविर

images
images
images
सोमवार, आश्विन १० २०७९
सोमवार, आश्विन १० २०७९
  • लायन्स सिद्धार्थनगरको आयोजनामा निःशुल्क मधुमेह परीक्षण शिविर

    भैरहवा, १० असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगरले भैरहवामा एकदिने निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न गरेको छ । क्लबले आइतबार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिरमा शिविरको आयोजना गरेको वर्ष २०२२/२३ का अध्यक्ष चन्द्र बहादुर थापाले बताए ।

    images
    images
    images

    सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवाको प्राविधिक सहयोगमा भएको शिविरमा १५० जनाको स्वास्थ्य परीक्षण गरिएको क्लबका तृतीय उपाध्यक्ष धर्मराज आचार्यले बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन (एलसीआईएफ) को समेत सहयोग रहेको उनले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर नवराज न्यौपानेले शिविरमार्फत मधुमेह भए/नभएको पहिचान हुने बताए । उनले स्वास्थ्यप्रति ध्यान दिनुपर्नेमा जोड दिए । 

    लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर थापाले आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्ने लायन्सको उद्देश्यअनुसार कार्यक्रम आयोजना गरिएको बताए ।

    IMG_2205.JPG

    लायन्स सिद्धार्थनगरका अध्यक्ष थापाको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक अर्जुन पौडेलेको स्वागत तथा लायन्स सिद्धार्थनगरका सचिव उमेश थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij