२०८३, श्रावण २२ गते

Aug 07 2026 | २०८३, श्रावण २२ गते

सुन्तला बेच्न गएका पुरुष मृत फेला

सोमवार , मंसिर २२, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • अर्घाखाँची २२ मंसिर। अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा  नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

    जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ का १९ बर्षीय अनिल आचार्य मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए। 

    आइतबार घरबाट सुन्तला बेच्न सुपा देउराली मन्दिरमा गएको र घर साझ नआएपछि घर परिवारले खोज्न प्रहरी लाई खबर गरी खोजि गर्दा आज मन्दिर नजिकको भिरमा मृत अवस्थामा फेला परेको सुचना अधिकारी गुप्ताले जानकारी दिए। साथै यसबारे थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ।