images

शनिवार, बैशाख १५ गते २०८१

ओमसतियामा दशैंको शुभकामना आदानप्रदानसँगै रक्तदान 

ओमसतियामा दशैंको शुभकामना आदानप्रदानसँगै रक्तदान 

images
images
images
मंगलवार, आश्विन ११ २०७९
मंगलवार, आश्विन ११ २०७९
  • ओमसतियामा दशैंको शुभकामना आदानप्रदानसँगै रक्तदान 

    भैरहवा, ११ असोज ।
    रुपन्देहीको ओमसतिया गाउँपालिकामा विजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

    images

    कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले दशैं पर्व हर्षोउल्लासका साथ मनाउँदा अरुलाई बाधा नपरोस् भनी ख्याल गर्न आग्रह गरिन् । उनले असत्य माथि सत्यको जीत भएको प्रतिक रुपरुप मनाईने दशैं पर्वलाई संयमताका साथ मनाउन अपिल गरिन । अहिले डेंगीको प्रकोप रहेको हुँदा यसबाट सचेत रहन आग्रह गर्दै उनले दशैं तिहारमा आफ्नो वरपर सरसफाई गर्न पनि उनले आग्रह गरिन् । 

    दशैंकै अवसर पारेर गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुले रक्तदान गरेका छन् । चाडपर्वको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले शुभकामनासँगै रक्तदान पनि गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले जनाए । उनले उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेको बताए । 

    ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमको अध्यक्षता, गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शारदा शर्माले गरेकी थिइन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij