images

बिहिवार, बैशाख १३ गते २०८१

क्यान्सर पीडित बालबालिकाको सहयोगार्थ भैरहवामा ‘सेन्टिनियल म्युजिकल नाईट’ हुने

क्यान्सर पीडित बालबालिकाको सहयोगार्थ भैरहवामा ‘सेन्टिनियल म्युजिकल नाईट’ हुने

images
images
images
बुधवार, आश्विन १२ २०७९
बुधवार, आश्विन १२ २०७९
  • क्यान्सर पीडित बालबालिकाको सहयोगार्थ भैरहवामा ‘सेन्टिनियल म्युजिकल नाईट’ हुने

    भैरहवा, १२ असोज ।

    images

    लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलको आयोजनामा क्यान्सर पीडित बालबालिकाको सहयोगार्थ सेन्टिनियल म्युजिकल नाईट-२०२२ आयोजना गर्ने भएको छ । क्यान्सरबाट पीडित बालबालिकालाई उपचार सहयोग र जनचेनतामूलक अभियान सञ्चालन गर्दै आएको लायन्स सिद्धार्थनगर सेन्टिनियलले यही असोज १४ गते शुक्रबार बेलहिया रोड डण्डास्थित रोयल बैंक्वेटमा म्युजिकल नाइट आयोजना गर्न लागेको क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र थापाले जानकारी दिए ।

    कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लोकप्रिय लोक गायक प्रकाश सपुत, लोक गायिका शुसिला पाठक र हास्य कलाकार कैलाश कार्कीले म्युजिकल नाईट कार्यक्रममा प्रस्तुति दिनेछन् । क्यान्सर रोगी बालबालिकालाई सहयोग जुटाउन म्युजिकल नाईट कार्यक्रमको टिकट एक हजार रुपैयाँ कायम गरिएको क्लबका अध्यक्ष गजेन्द्र कोहारले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक कोषाध्यक्ष विनोद खरेलले नितान्त सामाजिक दायित्व अन्तर्गत बालबालिकाहरुलाई रोगबाट बचाउन र सघाउन फण्ड जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले टिकट विक्री, सौजन्य र अन्य सहयोगबाट चार–पाँच लाख रुपैयाँ बचाउन सकियो भने क्यान्सर लागेका बालबालिकालाई औषधोपचार र जनचेतनामूलक कार्यक्रममा खर्च गरिने बताए ।

    पाँच वर्ष अघि गठन भएको क्लबले मायादेवी गाउँपालिका र सिद्धार्थनगरमा बाल क्यान्सरसम्बन्धि जनचेतना कार्यक्रम तथा क्यान्सर रोगी बीपी ठकुरीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । क्लबका पूर्व अध्यक्ष तथा लायन्स एरिया ५ का सचिव दीपक कौशलले बाल क्यान्सरविरुद्धको अभियान क्लबको मुख्य लक्ष्य रहेको बताए ।

    पत्रकार सम्मेलनमा क्लबका निवर्तमान अध्यक्ष महेश नेपाल, कार्यक्रम संयोजक राजेन्द्र थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी लगायतले पनि बोलेका थिए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij