images

शनिवार, बैशाख ८ गते २०८१

बुटवलमा नगर सरसफाई अभियान जारी 

बुटवलमा नगर सरसफाई अभियान जारी 

images
images
images
बिहिवार, आश्विन १३ २०७९
बिहिवार, आश्विन १३ २०७९
  • बुटवलमा नगर सरसफाई अभियान जारी 

    बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाईनसम्मको सडकमा सरसफाई गरेको छ । चाडवाडलाई लक्षित गरेर उपमहानगरपालिकाले बुधबारदेखि तीन दिने सरसफाई अभियान सञ्चालन गरेको हो ।

    images
    images
    images

    सरसफाई अभियानअन्तरगत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरुले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

    khelraj sarsafai .jpg

    सरसफाईसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उनले बताए । बुटवल नगरलाई सफा, सून्दर राख्नका लागि सबै नगरबासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि आग्रह गरे। उनले हरेकजसो रोग फोहोरमैला र प्रदुषित वातावरणबाट फैलिने भएकाले सरसफाईमा ध्यान दिन नगरबासीलाई आग्रह गरे । उनले चाडबाड सकिएलगत्तै नियमित सरसफाईका लागि नीति बनाएर बुटवललाई सफा र सुन्दर बनाउने बताए।

    अभियानअन्तरगत शुक्रबार अस्पताल लाईन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाई गर्ने कार्यक्रम रहेको उपप्रमुख तथा नगरस्तरीय सरसफाई अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिए ।

    अभियानकै क्रममा सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

    मुख्य सडकमा सञ्चालन हुने अभियानमा उपमहानगरपालिकाको सरसफाई टीम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघ संस्था सहभागी हुने र वडाहरुमा वडास्तरीय टीमले अभियान सञ्चालन गर्ने वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिए । 

    butwal sarsafai 3.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij