images

शनिवार, बैशाख ८ गते २०८१

बीआरआई कार्यान्वयन नेपालको विकासमा कोशेढुंगा : प्रदेश प्रमुख शेरचन

बीआरआई कार्यान्वयन नेपालको विकासमा कोशेढुंगा : प्रदेश प्रमुख शेरचन

images
images
images
बिहिवार, आश्विन १३ २०७९
बिहिवार, आश्विन १३ २०७९
  • बीआरआई कार्यान्वयन नेपालको विकासमा कोशेढुंगा : प्रदेश प्रमुख शेरचन

    भैरहवा, १३ असोज । 
    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएसन (बीआरआई) परियोजना कार्यान्वयन नेपालको विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् । उनले बीआरआईमा सहभागी हुन नेपालले हस्ताक्षर गरे पनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै कार्यान्वयन गर्ने दिशामा अघि बढ्न संघीय सरकारको ध्यानाकर्षण गराए ।  

    images
    images
    images

    चीनको ७३ औं राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले बिहीबार भैरहवामा गरेको अन्तरक्रियामा प्रदेश प्रमुख शेरचनले चिनियाँ राष्ट्रपतिले अगाडि सारेको आर्थिक विकाससहितको साझेदारीको कार्यक्रम बीआरआई कार्यान्वयन गर्न सके नेपालले पूर्वाधार विकास र आर्थिक समृद्धिमा फड्को मार्न सक्ने बताए । ‘बीआरआई कार्यान्वयनले नेपालको विकास मात्र होइन, दुई देशबीचको सम्बन्ध अझ जीवन्तर र उचाईमा पुग्छ’–शेरचनले भने । उनले नेपाल एक चीन नीतिमा अटल र प्रतिवद्ध हुनुपर्नेमा जोड दिंदै चीनविरुद्ध नेपालको भूमि कसैलाई प्रयोग हुन दिन नहुने बताए । 

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले चीनले सयौं विश्वविद्यालय स्थापना गरी उच्च वौद्धिक जनशक्तिलाई संयोजन र व्यवस्थापन गरेर विकास र अर्थतन्त्रमा फड्को मारेकाले चीनबाट नेपालले सिक्नुपर्ने बताए । बौद्धिक र दक्ष जनशक्तिको विदेश पलायन हुने परिपाटी नरोकेसम्म देशको दीगो विकास हुन नसक्ने उनले बताए । 

    नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले नेपालले चिनिया कम्युनिष्ट पार्टीको कुशल नेतृत्व, चिनिया जनताको अनुशासन र अथक मिहिनेतलाई नेपाली नेता र जनताले अनुशरण गर्न सक्नुपर्ने बताए । चीनसँगको सम्बन्ध थप उचाईमा पुर्याइ चिनिया बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न सके नेपालको पर्यटन विकासले फड्को मार्ने उनले सुझाए । अध्यक्ष सापकोटाले राष्ट्रिय दिवसको अवसरमा चिनिया राष्ट्रपति, चिनिया जनता र चिनिया कम्युनिष्ट पार्टीको राष्ट्रिय काँग्रेसलाई प्रदेश प्रमुखमार्फत शुभकामना दिए । 

    सो अवसरमा साहित्यकारहरु बुंद राना, डा. कपिलदेव लामिछाने, रुद्र ज्ञवाली, समाजका उपाध्यक्ष गोविन्द प्रसाद रेग्मी, महासचिव मनिष कुमार जोशीले चीनसंग द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न संघ,प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । 

    सन् १९४९ अक्टोबर १ का दिन चीनमा बादशाही शासनको अन्त्य भइ जनगणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । सोही दिनको स्मरणमा चीनले साताव्यापी राष्ट्रिय दिवस मनाउँदै आएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको रुपमा मनाइने चीनको राष्ट्रिय दिवसलाई गोल्डेन वीक समेत भनिन्छ । 
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij