images

शनिवार, बैशाख १५ गते २०८१

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको स्थापना दिवसमा पूर्वअध्यक्षलाई सम्मान

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको स्थापना दिवसमा पूर्वअध्यक्षलाई सम्मान

images
images
images
शुक्रवार, आश्विन १४ २०७९
शुक्रवार, आश्विन १४ २०७९
  • नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको स्थापना दिवसमा पूर्वअध्यक्षलाई सम्मान

    बुटवल, १५ असोज ।
    नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आठौं स्थापना दिवसमा विविध कार्यक्रम गरिएको छ । निरज प्रसाद लाकौलको अध्ययक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख अमिक कुमार शेरचनको प्रमुख आतिथ्यता रहेको थियो । 

    images

    कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले युवाहरुमा पछिल्लो समयमा उद्यमीको लहर चलेको भन्दै जसले आर्थिक समृद्धिमा विशेष भूमिका खेल्ने बताए । उनले युवाहरुमा जोस, जाँगर, नयाँ सोच र प्रविधिको ज्ञान हुने भएकाले आर्थिक समृद्धिको मुख्य पाटो नै उद्यमशीलता भएको बताए ।  

    नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, उज्जवल कसजु (अध्यक्ष, बुटवल उद्योग वाणिज्य संघ,  सुरेन्द्र प्रसाद श्रेष्ठ (संस्थापक सल्लाहकार) लगायतले स्थापना दिवसका बधाई तथा शुभकामना दिएका थिए । 
    साथै सोही कार्यक्रममा आनन्द वझा (संस्थापक अध्यक्ष ), पूर्व अध्यक्षहरु  सुमोद मान सैजु, अखिलेश गुप्ता, सन्दिप कसौधन र उमेश अमात्यलाई सम्म्मान समेत गरिएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij