२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

केरवानी विजयी

मंगलवार , मंसिर २३, २०७७

बुटवल, २३ मंसिर।
 प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ अन्र्तगत मंगलबार भएको खेलमा केरवानी स्पोर्ट्स क्लब विजयी भएको छ । केरवानी स्पोर्ट्स क्लब ढेकारले नव एकता क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
 

नव एकताका सन्जय केसीले ११ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएको थियो । तर त्यो अग्रता धेरैबेर टिकेन । केरवानीका दिलिप थापाले खेलको २२ औ मिनेटमा बराबरी गोल गरे । दिलिपले खेलको ६९ औ मिनेटमा अर्को गोल गर्दै टिमलाई विजयी बनाए । उनी खेलमा म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।