२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष सुनिल ढुंगानाको निधन

मंगलवार , मंसिर २३, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • तिलोत्तमा, २३ मंसिर ।
    तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष सुनिल ढंगानाको ६३ वर्षको उमेरमा निधन भएको छ ।

    मंगलबार बिहान उच्च रक्तचापका कारण आफ्नै घरको बाथरुममा लडेका ढुंगानाको उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल लैजादै गर्दा निधन भएको हो ।

    नेपालको तर्फबाट विभिन्न राष्ट्रिय खेल समेत खेलेका ढुंगाना पछिल्लो समय क्रिकेटमा नयाँ पुस्ता तयार पार्ने अभियानमा लाग्दै आएका थिए ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर ६ निवासी ढुंगानाका श्रीमती, एक छोरा र ३ छोरी छन् । ढुंगानाको आज सांझ योगीकुटीस्थित मगरघाटमा अन्त्यष्टि गरिदैछ ।