
मंगलवार , मंसिर २३, २०७७
बुटवल, २३ मंसिर ।
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको मंगलबार भएको आकस्मिक रक्तदानमा ४२ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा मंगलबार केन्द्रको परिसरमा भएको कार्यक्रमको संघका केन्द्रिय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले रक्तदाता सभ्यता नेपाललाई ब्लड ब्याग हस्तान्तरण गरी उदटन गरेका थिए ।
गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधीको आपुर्ति : हाम्रो प्रतिवद्घता भन्ने मुल नारासहित स्थापना भएको संघले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छ ।
सुरुवाती समयमा रुपन्देहीमा रक्तदानको महत्व बढाउन औषधी व्यवसायी संघबाट योगदान दिएको स्मरण गर्दै रगतको माग पछिल्लो समय बढ्दो रुपमा रहको बताए । संस्थागत रुपमा वर्षमा २ पटक नियमित रुपमा गर्दै आएको उनले बताए ।
कार्यक्रम संयोजक गणेश सेढाई ४२ युनिट रगत संकलन भएको बताए ।
अध्यक्ष सुरज भट्टराईले रगत अभावलाई मध्यनजर गरी आकस्मिक रक्तदान गरिएको बताए । कार्यक्रममा लुम्बिनी शाखा अध्यक्ष शिव ज्ञवाली, पुर्वअध्यक्ष सल्लाहकार डा.रोहित राज क्षेत्री, संघका सचिव नारायण थापा, नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रका प्राविधिक राधा शर्माले रक्तदानमा युवाहरुलाई अगाडि ल्याउनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij