२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धि अभिमुखीकरण

मंगलवार , मंसिर २३, २०७७

बुटवल, २३ मंसिर । 
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना, बुटवल उपमहानगरपालिकाको समन्वय तथा युएनएफपीएको साझेदारीमा बुटवल उपमहानगरपालिकाको सक्रिय विपद् स्वयंसेवकहरुको लागि प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका १९ वटै वडाका २० जना विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा सहभागिहरुलाई विपद् व्यवस्थापनका आधारभुत सैद्धान्तिक ज्ञान, विपद्को बेलामा हुन सक्ने महिला हिंसा र रोकथाम, बालबालिका ज्येष्ठ नागरिक, अपांग, गर्भवती तथा सुत्केरीहरुको तथ्यांक कसरी लिने, प्रतिकार्यको लागि आवश्यक पर्ने तथ्यांक कहाँ, कहिले, कति, के का लागि र किन लिने र को को संग समन्वय गर्ने जस्ता कुराहरुको जानकारी गराइएको थियो । त्यस्तै मोबाइल आइआरए एप्लीकेशनबाट तथ्यांक कसरी लिने कहाँ पठाउने जस्तो प्राविधिक कुराबारे जानकारी गराइएको थियो ।

रेडक्रस सोसाइटी रुपन्देही शाखाका शाखा अधिकृत कृष्ण मल्लको व्यवस्थापन र स्रोत व्यक्ति विजयसिंह ठकुरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आइआरएका स्रोत व्यक्ति राजेश जि.सी. र युएनएफपिएका प्रवेश घिमिरेले प्रशिक्षण दिएका थिए ।

129953744_445269683129974_5687818415717523993_n.jpgरेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुइटेलको प्रमुख आतिथ्यता, विपद् व्यवस्थापन स्रोत व्यक्ति तथा वरिष्ठ अधिकृत विजय देव भुर्तेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।