२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

चिकित्सकको जन्मदिनमा चेपाङ बालबालिकालाई सहयोग

बुधवार , मंसिर २४, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, २४ मंसिर ।
    रुपन्देहीका वरिष्ठ न्युरोसर्जन डा. केआईसिह केसीले बुधबार जन्मदिन पारेर चितवन गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद २० हजार रुपैयाँ सहयोग तथा रक्तदान गरेका छन । जन्मदिन पारेर सामाजिक कार्यमा थोरै भए पनि योगदान दिने रुपमा आर्थिक सहयोग गरेको उनले बताए । 

    आफन्त डाकेर भिडभाड गरी भोज गर्नुमा खर्च हुने रकम सहयोग गर्ने परिपाटी विकास गर्नुपर्ने उनले सुझाव समेत दिए । सधै अरुलाई भन्नु भन्दा पनि समाज परिवर्तन आफैबाट सुरुवात गर्नुपर्ने उनको धारणा छ । 

    चिकित्सक केसीले बुधबार कान्तिपुर मिडिया लुम्बिनी प्रदेशका प्रमुख तथा संस्थाका सल्लाहकार दीपेन्द्र बडुवाललाई चेक हस्तान्तरण गरेका छन । गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रमा सय जना बढी अनाथ बालबालिकाहरु आश्रित छन ।

    स्थायी श्रोत नहुँदा समस्यामा रहेका बालबालिकाहरुलाई देशभरबाट सहयोग जुट्दै आएको छ ।