२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

शिवनगर र झरना विजयी

बुधवार , मंसिर २४, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • बुटवल, २४ मंसिर ।

    प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ अन्तरगत बुधबार भएको खेलमा शिवनगर युवा परिवार र झरना एफसी, कुन्जलापुर विजयी भएका छन । सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेलमा शिवनगर युवा परिवारले राधाकृष्ण युवा परिवारलाई १० गोल तथा दोस्रो खेलमा झरना एफसीले डि युनिटि, खैरेनीलाई पनि १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।

    पहिलो खेलमा शिवनगर युवा परिवारका विकास थापाले खेलको ४८ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । 

    त्यसै गरी दोस्रो खेलमा झरना ओम प्रकाश थापाले ३३ औ मिनेटमा निर्णायक गोल गरे । आकर्षक हेडमार्फत उनले जाली चुमाएका थिए । खेलमा ओम प्रकाश थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।  

    बिहीबार पहिलो चरणका अन्तिम दुई वटा खेलहरु हुनेछन । बिहान पहिलो खेलमा चरंगे युवा क्लब र सिद्धार्थ युवा क्लब तथा दोस्रो खेलमा आयोजक सौभाग्य युवा क्लब ‘ए’ र मजुवा युवा क्लबकाबीच खेल हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । 

    प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यसै गरी प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।