२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

हाम्रो डेण्टल क्लिनिकमा १५ प्रतिशत छुट

बुधवार , मंसिर २४, २०७७

भैरहवा, २४ मंसिर ।
आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर सिद्धार्थनगर नगरपालिका–७, नयाँ सडकस्थित हाम्रो डेण्टल क्लिनिकले पुस २९ गतेसम्म दन्तरोग सम्बन्धि सम्पूर्ण उपचारमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । 

वार्षिक उत्सवको अवसरमा क्लिनिकमा आउने विरामीहरुलाई उपचारमा  १५ प्रतिशत छुटको व्यवस्था गरिएको क्लिनिकका सञ्चालक डा. आशुतोष शुक्लाले बताए । त्यस्तै यही मंसिर २६ गते शुक्रबार वार्षिक उत्सवका दिन निःशुल्क मधुमेह परीक्षण समेत गरिने डा. शुक्लाले जानकारी दिए ।