images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देही क्षेत्र नम्बर ३ (२) मा यस्ता छन् मेरा योजना : दीपक बोहरा 

रुपन्देही क्षेत्र नम्बर ३ (२) मा यस्ता छन् मेरा योजना : दीपक बोहरा 

images
images
images
मंगलवार, कार्तिक १ २०७९
मंगलवार, कार्तिक १ २०७९
  • रुपन्देही क्षेत्र नम्बर ३ (२) मा यस्ता छन् मेरा योजना : दीपक बोहरा 

    आगमी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधी सभाको निर्वाचन हुदैछ । गाउँ शहरमा अहिले चुनावी सरगर्मी निकै बढेको छ । अहिले सबै राजनीतिक दलका उम्मेदवार तथा अन्य स्वतन्त्र उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्नका लागि व्यस्त छन् ।

    images
    images
    images

    निर्वाचनकै क्रममा म दीपक बोहरा पनि चुनावी मैदानमा उत्रिएको छु । राप्रपा, नेकपा एमाले र जसपाको सम्युक्त गठबन्धनको तर्फबाट हामी चुनावी मैदानमा छौ ।

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ का लागि मलाई हलो र प्रदेशसभाको निर्वाचनमा सुर्य र छातामा मतदान गरेर  आफ्नो मतको सदुपयोग गर्न बिनम्र अनुरोध गर्न चाहन्छु । दशकौंदेखि तपाईहरुको सेवामा समर्पीत म प्रतिनिधिसभाको उम्मेदवार र मेरो प्रीय साथि प्रदेशसभाको उम्मेदवार तुलसी प्रसाद चौधरी र महेन्द्र यादव तपाईहरुको सेवकको रुपमा यहाँ, यहाँहरुको समक्ष उपस्थित भएका छौं । हामी जनताको सेवक हौं नकी शासक । यसैले हामी केहि दीर्घकालिन र केहि अल्पकालिन निश्चित योजनाका साथ यो निर्वाचनको परिक्षामा सहभागी भएका छौं । हामीलाई विश्वास छ, यो परिक्षामा तपाईहरु सबैको एक एक मत प्राप्त गरेर विजयी हुने छौं ।

    रुपन्देही क्षेत्र नम्बर ३ भौगोलिक, जातिय, सास्कृतिक, ऐतिहासीक, पर्यटकीय विविधतामा एकता भएको निर्वाचन क्षेत्र हो । अन्तराष्ट्रिय सीमाना बेलहियादेखि पुर्व–पश्चिम राजमार्ग सम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासकोलागि हामी निर्वाचित भईसकेपछि सबैभन्दा पहिले हामीले अल्पकालिन र दीर्घकालिन योजना सहितको गुरुयोजना बनाएर काम गर्नेछौं ।

    हाम्रो मुख्य चासो यहाँका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने नै हो । म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, तपाईहरु समक्ष कसम खान चाहन्छु की यस क्षेत्रका जनतालाई समृद्धि र विकासको मुलधारमा जोड्ने काममा हामीले कुनै कसर बाँकी राख्ने छैनौ । हामी सबै मिलेर वर्गिय असमनतालाई पुर्ण रुपमा निर्मूल पार्न लागीपर्ने छौं ।

    हामी विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यो क्षेत्रको विकासको मुख्य योजनाहरु हिजोको दिनमा पनि बनाएका थियौं र भोलिका दिनमा पनि बनाउने छौं । हिजोका दिनमा तुलसी चौधरी ज्यूको नेतृत्वमा भए गरेका प्रदेशका राम्रा र जनपक्षीय योजनालाई निरन्तरता दिदैं प्रदेश तहका थप महत्वपुर्ण योजनालाई यस क्षेत्रमा ल्याउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । यसैगरी संघमा भए गरेका कतिपय राम्रा र दीर्घकालिन योजनालाई निरन्तरता दिदैं थप नया योजनाहरुलाई यस क्षेत्रमा हामीले शुरुवात गर्नेछौं ।

    हामी कृर्षक दाजुभाईको हितमा हुनेगरी मलको डिपो सन्चालन गर्ने, यस क्षेत्रका मत्स्य कृर्षकहरुकोलागि ठोस योजना सहित काम अगाडी बढाउने, शुद्धोधन र सीयारीको मत्स्य जोनलाई अझै व्यवस्थीत गर्ने, यस क्षेत्रको उत्पादीत हरियो तरकारी र कृर्षी उपजको बजारीकरणकोलागि पुर्ण सहयोग गर्ने तथा  चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाउनेगरी योजना अगाडी सारेका छौं ।

    नेपालको समृद्धिको आधार कृर्षी र पर्यटन नै हो । यसैले हामी प्रदेश सरकार र संघीय सरकारको पहलमा कृर्षि केन्द्रित ठुला योजनाहरु हमी यस क्षेत्रमा ल्याउने छौ ताकी यस क्षेत्रका कुनैपनि किसान समस्या अल्झीन नपरोस् ।

    हामी पर्यटनकोलागि विशेष योजनाको साथ काम गर्नेछौं । सबैभन्दा बढी पर्यटक भित्रीने स्थल मार्ग बेलहिया र हवाई मार्ग अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल हुदै  लुम्बिनी घुम्न आउने हजारौं विदेशी पर्यटकहरुलाई सियारी र शुद्धोधनको कृर्षी पर्यटन, मत्स्य पर्यटन, जल पर्यटन र प्राकृतिक पर्या पर्यटनको उपयोग गर्न गराउने गरी योजना बनाएका छौं । अतिथी देवो भवःको मुल नारालाई आत्मसाथ गर्दै सेमलारमा रहेको ताल, दर्वाह पार्क, तिनाउमा ग्रीनरी, मोतिपुर औद्योगिक क्षेत्रको समस्या समाधान गर्दै अगाडी बढ्ने छौं । शुद्धोधन ३ मा रहेको सियाभार मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न आवश्यक योजनाका साथ काम गर्ने, शुद्धोधन ५ मा रहेको शुद्धोधन बाल उद्यानको पुर्णताका साथ त्यस ठाउमा रहेको पुरातात्वीक सम्पदाको संरक्षण गर्नेगरी तयार भएको डिपीआर अनुसार कामलाई अगाडी बढाउने ।

    हामीले सडक पुर्वाधार, विद्युत र खानेपानीमा पनि विशेष योजना बनाएका छौ । सडकको चर्चा गर्दा हामीले फर्साटिकर चौक हुदै बेतही , बेतनी, मैनिहीया, बेथरी, छपीया, बनभुसडी, मानमटेरिया, पुरेनी भुजौलि बनगाई, सेमलार मोतिपुर हुदै फर्साटिकर आउने चक्रपथ निर्माणमा विशेष महत्व दिएका छौं ।

    हामी सबैको पहलमा एडिबीको सहयोगमा भईरहेको बेथरी –छपीया– बनभुसडी –लक्ष्मणगन्ज, फर्साटिकर चोक, सेमलार हुँदै तामनगर जोड्ने सडकको डिपीआर भईरहेको छ । यो बाटोको काम छिट्टै अगाडी बढ्ने छ ।

    त्यसका अतिरिक्त यस क्षेत्रका भित्री तथा बाह्य अन्य सडकको कामलाई पनि द्रुतताको साथ अगाडी बढाईनेछ । यसैगरी शिक्षालाई महत्वका साथ हामीले विगतमा पनि धेरै काम गरेका छौं । र, आगमी दिनमा अझै महत्वका साथ काम गर्ने छौं । फर्साटिकर माविमा हाल सञ्चालनमा रहेको प्राविधिक शिक्षाको व्यवस्थापन र त्यसको आवश्यक भौतिक पुर्वाधार एवं ल्याबको लागि विशेष योजनाका साथ काम अगाडी बढाउने छौं । यसैगरी शुद्धोधन ३ मा रहेको यज्ञदोय दुधनाथ बहुमुखी क्याम्पसको स्तरबृद्धि तथा त्यहाँ पढ्ने छात्र छात्राकोलागि विशेष छात्राबृत्तिको व्यवस्था गरिनेगरी कार्यक्रम अगाडी बढाउने छौं । शुद्धोधन वडा नम्बर ७ मा बस पार्क निर्माण गर्न गराउन विशेष योजना तथा शुद्धोधन ५ मा निर्माण भएको चिस्यान केन्द्रको व्यवस्थापनमा योजना सहित काम गर्ने हामीले यो सभा समक्ष प्रतिबद्धता व्यक्त गर्दछौं ।

    यसैगरी मनहरापुर, कुट्टा, मुर्गहवा, छपिया, बनभुसडी, मिलनचौंकको बाटो तत्काल ठेक्का लगाएर काम अगाडी बढाउने छौं । मैले नै शिलन्यास गरेको सोनारेट मनोहरापुल पुलको काम रोकिएको छ, त्यसलाई तत्काल काम अगाडी बढाईनेछ । सियारी वडा नम्बर ३ मा रहेको ११ बिगाह क्षेत्रफलमा बन्ने बुद्ध बिहारको कामको डिपीआर तयार भईसकेको छ, डिपीआर अनुसार त्यहाँ पार्क, मन्दीर बनाउने काममा हाम्रो विशेष रुपमा लाग्ने छौं । सियारी ४ मा रहेको अस्पताल, सियारी ३ मा पशु अस्पताल, पशु हाटबजारको व्यवस्थापनमा विशेष रुपमा लागिनेछ ।

    यसैगरी सियारी ३ मा आँखा अस्पताल, चिल्हीयामा खेल मैदान, कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्थापन, प्रत्येक स्वास्थ्य संस्थामा दक्ष चिकित्सक र निःशुल्क एवं गुणस्तरीय औषधीको व्यवस्थापन, एक विद्यालय एक नर्सको योजनालाई प्राथमिकताका साथ अगाडी बढाउने छौ । यसैगरी सियारी गाउँपालिकामा विगतमा सन्चालनमा रहेको जगत जननी कार्यक्रमलाई निरन्तरता दिईनेछ । हरेक किसानको खेतमै पानी, खेतमै बिजुली खेतमै बिउँ निःशुल्क रुपमा पुराउनेगरी व्यवस्था गरिनेछ । तिनाउको पानीलाई बढी भन्दा बढी उपयोग गर्ने गरी योजनाबद्ध काम गरिनेछ । यसैगरी सियारी बाधलाई व्यवस्थीत गरिनेछ । जल, जंगललाई संरक्षण गर्दै बातवरण प्रदुषणलाई नियन्त्रण गर्न बातवरणमैत्री विभिन्न कार्यक्रमलाई अगाडी बढाईनेछ ।

    हाम्रै पहलमा सञ्चालनमा आएको मैनिहीया सब स्टेशनबाट स्थानिय जनतालाई लाभान्वीत हुनेगरी योजना बनाईनेछ भने स्थानिय उद्योगमा स्थानियहरुलाई दक्षता अनुसारको रोजगारी दिनेगरी काम अगाडी बढाउने छौं ।
     
    हामीसँग साधन र स्रोतको अन्यन्तै सीमितता हुन्छ तथापी हामीले गर्नुपर्ने धेरै कामहरु छन् । तर पनि हामी फेरी पनि जोड दिएर भन्न चाहन्छौं की हाम्रौ दैनिक जीवन शैलिलाई सहज बनाउन, श्रम अनुसारको काम, काम अनुसारको दाम पाउने व्यवस्थाको ग्यारेन्टी गर्न , हरेक जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन र एक घर एक रोजगारी, एक गाउ एक उत्पादनको योजनाको साथ काम अगाडी बढाउने छौं ।
     
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij