२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी स्पोर्टस् क्लबद्वारा कमल थापा सम्मानित

बिहिवार , मंसिर २५, २०७७

भैरहवा, २५ मंसिर ।
लुम्बिनी स्पोर्टस् क्लबले तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरीको प्रमुख आतिथ्यतामा क्लबका लेखा समिति संयोजक कमल थापा मगरलाई सम्मान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस, लुम्बिनीको शैक्षिक सत्र ०७४/०७५ मा बौद्ध अध्ययन स्नातकोत्तर तहतर्फ थेरवादबुद्ध धर्ममा सर्वोत्कृष्ट हुन सफल भएको र विश्वविद्यालयको १६ औं वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्दै आएको दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कारबाट सम्मानित हुनुभएकोले क्लबले सम्मान गरेको हो । थापा दायित्व संस्थाका लुम्बिनी प्रदेश संयोजक र टेलिभिजन सञ्चारकर्मी हुन् ।

कार्यक्रममा, तिलोत्तमा वडा नम्बर १४ का अध्यक्ष सोहन थारु, गाउँ कार्यपालिका सदस्य एच.बी.रम्तेल, तिलोत्तमा खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङ्ग, जनप्रतिनिधिहरु भोम बहादुर बुढा मगर, एम बहादुर थापा, क्लबका सदस्यहरु, अगुवा समाजसेवी तथा यूवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

शुभकामना मन्तव्यका राख्दै प्रमुख अतिथि चौधरीले योे उपलब्धि सम्मानित व्यक्तित्वको मात्र नभएर समाज र पालिकाको पूँजी रहेको बताइन् । क्लबले खेल क्षेत्रलाई मात्र नभएर समाजको खुशी, दुःख र विकासमा पनि देखाएको सक्रियता प्रशंसनीय रहेको उनले बताइन् । क्लबका अध्यक्ष प्रतबहादुर पुनको अध्यक्षता, सल्लाहकार राजेन्द्र गुरुङ्गको स्वागत तथा सचिव विष्णु दगामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।