बुधवार , कार्तिक २, २०७९
भैरहवा, २ कात्तिक ।
साहु तेली कल्याण सेवा समिति रुपन्देही अन्तर्गत मर्चवार क्षेत्रको अध्यक्षमा रामलखन गुप्ता सर्वसम्मत चयन भएका छन् । सम्मरीमाई गाउँपालिका–७ स्थित मिडिया चोकमा बुधबार भएको शुभकामना आदानप्रदान तथा भेलाले गुप्तालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा श्यामलाल गुप्ता, सचिवमा राजेन्द्र गुप्ता र कोषाध्यक्षमा गंगाराम गुप्ता रहेका छन् । त्यस्तै सदस्यमा शिवकुमार गुप्ता, महेन्द्र गुप्ता, विजय कुमार गुप्ता, विनोद गुप्ता, दिनेश गुप्ता, राम बेलास गुप्ता, अशोक कुमार गुप्ता, सन्तराम गुप्ता, लालमन गुप्ता, सन्तलाल गुप्ता, रामसेवक गुप्ता रहेको भेलाका संयोजक रमेश गुप्ताले जानकारी दिए ।
यस्तै समितिका सल्लाहकारीमा रामवृक्ष गुप्ता, भेलई गुप्ता, मोलहु गुप्ता, रामजीत गुप्ता र चन्द्रिका गुप्ता रहेका छन् ।
समितिका रुपन्देही जिल्ला अध्यक्ष रामबचन गुप्ताले समितिमा रहेका सबैले इमान्दारीका साथ काम गर्न आग्रह गरेका थिए । समाजभित्र रहेका विभिन्न द्वन्दलाई न्यूनीकरण गरी समाजलाई एकजुट बनाउन समितिले भुमिका खेल्नुपर्ने उनले बताए । समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदै समितिको हरेक कार्यमा सबैले हातेमालो गर्न उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष रामलखन गुप्ताले साहु तेली समाजका लागि आफू अहोरात्र खटेर काम गर्ने बताए । साहु तेली समाजका युवाहरुलाई समाजको नेतृत्व पदमा पुर्याउन समितिले सहयोग गर्ने अध्यक्ष गुप्ताले बताए ।
कार्यक्रम तथा भेला रमेश गुप्ताको संयोजकत्व तथा समितिका जिल्ला सचिव रामदयाल गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij