२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

पञ्चकन्या समुहद्वरा रक्तदान कार्यक्रम 

शुक्रवार , कार्तिक ४, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा । पञ्चकन्या समुहले रुपन्देहीको तिलोक्तमा १५ कोटिहवा स्थित उद्योग परिसरमा रक्तदान कार्यक्रम गरेको छ । समहले ५०औं बर्ष प्रबेशको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ५० औं बर्ष प्रबेशको अबसरमा बर्ष भरिमा ५० बटा कार्यक्रम गर्ने उद्योगको नीति अनुरुप रक्तदान कार्यक्रम गरिएको समुहका महाप्रबन्धक देवेन्द्र शाहुले जानकारी दिए । 

    रक्तदानमा १५० देखि २०० जनाले रक्तदान गर्ने लक्ष्य लिईएको महाप्रबन्धक शाहुले जानकारी दिए । रगतको अभावमा कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको पञ्चकनया समुहले जनाएको छ । 

    IMG_20221021_085106.jpg
    रक्तदान गर्दै पञ्चकन्यामा कार्यरत कर्मचारीहरु 

    तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङले पञ्चकन्या समुह सामाजिक कार्य गर्ने उद्योग मध्येमा अग्रणी स्थानमा रहेको उल्लेख गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । 

    उनले उद्योग ५० बर्षमा प्रबेश गरेसंगै हालसम्म बृहत रुपमा दन्त शिबिर, बृक्षा रोपण र रक्तदान कार्यक्रम गरिएको र आगामी दिनमा स्वास्थ्य शिबिर, कर्मचारीलाई शुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम, खेलकुद लगाएतका कार्यक्रम गरिने बताए । 

    पञ्चकन्याले सामाजिक उत्तरदाहित्व अन्तरगत भैरहवा तर्फबाट जाँदा तिलोत्तमा प्रबेशद्वार देखि पथ्थरडाडासम्म ८२ बटा पोलमा स्ट्रिट लाईट जडान गरेको पञ्चकनया समुहका प्रबन्धक राजेन्द्र ज्ञवालीले जानकारी दिए । उनले स्ट्रिट लाईट जडान पछि तिलोत्तमाको सौन्दर्यीकरणमा टेवा पुगेको छ । 

    उद्योगले व्यवसाय सञ्चालन गरी नाफा कमाउने काम मात्रै नगरी सामाजिक उत्तरदाहित्व अन्तरगत थुप्रै सामाजिक काम पनि गर्दै आएको छ । सामाजिक कार्य गर्नेमा पञ्चकन्या समुह यस क्षेत्रमा अग्रणी स्थानमा रहेको छ ।