२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

आयोजक सौभाग्य ए र सिद्धार्थ दोस्रो चरणमा

बिहिवार , मंसिर २५, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • आयोजक सौभाग्य ए र सिद्धार्थ दोस्रो चरणमा

    बुटवल, २५ मंसिर ।
    प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ अन्तरगत बिहीबार भएको खेलमा आयोजक सौभाग्य युवा क्लब ए सिद्धार्थ युवा क्लब विजयी भएका छन् । सौभाग्यले मजुवा युवा क्लबमाथि १–० तथा सिद्धार्थले चरंगे युवा क्लबलाई २–० गोलले पराजित गरेको हो । 

    सिद्धेश्वर खेल मैदानमा भएको निक्कै प्रतिष्पर्धात्मक खेलमा आयोजक सौभाग्यको जितमा खेलको ४३ औं मिनेटमा सन्तोष क्षेत्रीको गोल नै निर्णायक बन्यो । खेलमा मजुवाका सागर केसी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । 

    बिहान भएको पहिलो खेलमा सिद्धार्थका विश्वास थापा नायक रहे । उनले खेलको ५० औं र ५४ औ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । 

    शुक्रबारदेखि दोस्रो चरणको खेल सुरु हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । आयोजक सौभाग्य युवा क्लब बी र झरना स्र्पोटस क्लबका बीचमा दोस्रो चरणको पहिलो खेल हुने उनले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । त्यसै गरी उपविजेता टिमलाई नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यसै गरी प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिनेछ ।