२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको चौथो साधारणसभा सम्पन्न

सोमवार , कार्तिक ७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, ७ कात्तिक ।
    मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले माधव घिमिरेको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा पशुपतिमणी त्रिपाठी, सचिवमा बुद्धिसागर बेलबासे, सह–सचिवमा विष्णु पन्त पाण्डे, कोषाध्यक्षमा सीता मल्ल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शिवकुमार कार्की, महेशराज पन्त, बिन्दबासिनी हरिजन, कृष्णप्रसाद भट्टराई, लक्ष्मण कार्की र विनिता आचार्य चयन भएका छन । 

    कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार तथा तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले समुन्नत समाज निर्माणका लागि मानव अधिकार र शान्ति अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् । सबै नागरिकले मानव जगत र जीवनसँग जोडिएका कार्यहरु गर्दा सुरक्षित र व्यवस्थित ढंगले आफ्ना क्रियाकलाप सञ्चालन गर्न पाउनु नै मानव अधिकार भएको उल्लेख गर्दै सभापति खनालले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चयन गर्नु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । 

    सो अवसरमा वाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरी, शान्ति समाजका केन्द्रिय सचिव मीना ढकाल, केन्द्रिय सदस्य दिल बहादुर कार्की, जिल्ला सभापति गोविन्द पोखरेल, उपसभापति पशुपतिमणी त्रिपाठी, सचिव माधव घिमिरे, आजीवन सदस्य बासुदेव घिमिरे, निर्वाचन अधिकृत रविराज आचार्य लगायतले वर्तमान अवस्थामा मानव अधिकारको महत्व र आवश्यकताबारे चर्चा गरेका थिए ।