images
images

बुधवार, जेठ २ गते २०८१

आन्तरिक पर्यटन प्रवर्द्धनका लागी साईकल यात्रा सुरु, गृहमन्त्री खाँणद्वारा उद्घाटन 

आन्तरिक पर्यटन प्रवर्द्धनका लागी साईकल यात्रा सुरु, गृहमन्त्री खाँणद्वारा उद्घाटन 

images
images
images
शुक्रवार, कार्तिक ११ २०७९
शुक्रवार, कार्तिक ११ २०७९
  • आन्तरिक पर्यटन प्रवर्द्धनका लागी साईकल यात्रा सुरु, गृहमन्त्री खाँणद्वारा उद्घाटन 

    भैरहवा, ११ कात्तिक ।
    साईकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चारदिने साईकल यात्रा शुक्रबारबाट सुरु गरेको छ । 

    images
    images
    images

    आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साईकल लेन निर्माणमा सम्बिन्धत निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको ’रम्भा-मानुग्कोटको ४ दिने साईकल यात्रा’ को एक कार्यक्रमकाबीच गृहमन्त्री बालकृष्ण खाँणले हरियो झण्डा फहराई साईकल यात्रा प्रारम्भ गरेका थिए । उनले भैरहवाको लुम्बिनी गेटबाट हरियो झण्डा फहराई यात्रा प्रारम्भ गरी विदाई गरेका थिए । पछिल्लो समय साईकल यात्रा गर्नेहरुको संख्या बढ्दै गएको बताउँदै यसले आन्तरिक पर्यटन प्रर्बधन र वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताए । 

    भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए । खरेलका अनुसार यात्राको पहिलोदिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुंग, आर्यभंज्यांग, चिदीपानी, हुमिन हुँदै तनहुँको धोबाधि पुग्नेछ । 

    दोस्रो दिने धोबाधिबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुर हुँदै भिमाद बजार पुग्नेछ । तेस्रो दिन भिमाद बजारदेखि खैरेनीटार, जामुने भन्ज्यांग, चापाघाट हुँदै मानुंगकोटसम्म पुग्ने संयोजक खरेलले जानकारी दिए । चौथो दिन मनुग्कोटदेखि दमौली बजारसम्म साइकलमा पुग्नेछ । दमौलीबाट भैरहवा भने बसमार्फत फर्किनेछन् । यात्रामा १६ जना साईकलयात्री सहभागी रहेका छन् । साईकल सिटीले यसअघि आन्तरिक पर्यटन प्रर्बधनका लागी भैरहवादेखि बर्दियासम्मको यात्रा गरिसकेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij