२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

रोट्रयाक्ट क्लब अफ भैरहवाको आयोजनामा निःशुल्क दन्त शिविर

शुक्रवार , मंसिर २६, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २६ मंसिर । 
    रोट्रयाक्ट क्लब अफ भैरहवाको आयोजनामा सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया माध्यमिक विद्यालयमा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष सरिता रानाले बताइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का न्यू क्लब डेभलपमेन्ट कमिटी को–चेयर, रिजनल टे«नर, पाष्ट एसिटेन्ट गर्भनर खिम बहादुर कार्कीले रोटरी र रोट्रयाक्टले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएको बताए । उनले रोट्रयाक्ट क्लब अफ भैरहवाले विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्नु सराहनीय रहेको बताए ।

    IMG_8236.JPGबेलहिया मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले आगामी दिनमा पनि विद्यालयले सहयोगको अपेक्षा राखेको बताए ।
    क्लबका अध्यक्ष सरिता रानाको अध्यक्षता, कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष लक्ष्मण रेग्मीको स्वागत तथा सचिव करिम खानको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्मा, रोट्रयाक्ट क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष एवं रोटरी इन्टरनेशनल ३२९२ नेपाल एण्ड भुटान जोन–११ का तत्कालिन जेडआरआर हालका एडीटी प्रकाश शर्मा, विद्यालयका प्रअ मोहम्मद इलियास खान लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको उद्देश्यमाथि डा. अमजद खानले प्रकाश पारेका थिए । शिविरमा ६२ जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको क्लबले जनाएको छ ।