images

बुधवार, बैशाख ५ गते २०८१

विश्व इतिहासमा आज : इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटना

विश्व इतिहासमा आज : इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटना

images
images
images
सोमवार, कार्तिक १४ २०७९
सोमवार, कार्तिक १४ २०७९
  • विश्व इतिहासमा आज : इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटना
    आज ३१ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटना :

    ७ अर्ब जनसंख्या
    सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या सात अर्ब पुगेको थियो । राष्ट्रसंघको जनसंख्या कोषले सन् २०११ को १ नोभेम्बरलाई सात अर्बको जनसंख्या भएको दिनको रुपमा स्मरण गर्छ ।

    images
    images
    images

    इजिप्टको विमान दुर्घटना
    सन् १९९९ मा आजकै दिन इज्पिट एयरको फ्लाईट ९९० दुर्घटनामा परेको थियो । अमेरिकाको पूर्वी तटमा भएको सो दुर्घटनामा विमानमा सवार सबै २१७ जनाको मृत्यु भएको थियो ।

    क्याथोलिक चर्चको पश्चताप
    सन् १९९२ मा क्याथोलिक चर्चका तत्कालिन धर्म गुरु पोप जोन पल द्धितीयले क्याथोलिक चर्चले गल्ती गरेको भन्दै पश्चताप व्यक्त गरेका थिए । १७ औं शताब्दीमा ग्यालिलियो ग्यालिलीलाई चर्चले गरेको व्यवहार खेदजनक भएको जोन पलले स्वीकारेका थिए ।

    इन्दिरा गान्धीको हत्या
    सन् १९८४ का भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो । गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए । उनको हत्यापछि राजधानी  लगायत भारतका विभिन्न स्थानमा भड्किएको हिंसामा हजारौं शिख मारिएका थिए  ।

    दक्षिण यमनमा संविधान लागू
    सन् १९७८ मा दक्षिणी यमनले आफ्नो संविधान लागू गरेको थियो ।  सन् १९९० मा दक्षिण यमन उत्तर यमनसँग एकीकृत भई अहिलेको यमन बनेको हो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij