images

शुक्रवार, बैशाख २१ गते २०८१

पाँचदलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा : निरञ्जन थापा

पाँचदलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा : निरञ्जन थापा

images
images
images
सोमवार, कार्तिक १४ २०७९
सोमवार, कार्तिक १४ २०७९
  • पाँचदलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा : निरञ्जन थापा

    भैरहवा, १४ कात्तिक ।

    images
    images
    images

    राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको बताएका छन् । 
    थापाले वर्तमान गठबन्धन सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताए । उनले भने, ‘पाँचदलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’

    रुपन्देहीमा सञ्चालित पाँचवटा स्टील उद्योग बन्द भएको उनको भनाइ छ । पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्री को हो भन्दै उनले प्रश्न गरे । उनले भने, ‘नेपाली कांग्रेसका नेताहरुले अबको प्रधानमन्त्री शेर बहादुर देउवा भन्नुहुन्छ, यता पाँचदलीय गठबन्धनका नेता डा. बाबुराम भटराई अबको प्रधानमन्त्री प्रचण्ड भन्नहुन्छ, यसले के देखाउँछ भने सतारुढ गठबन्धनमा स्पष्टता छैन ।’ तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली भएको नेता थापाले बताए । ओली प्रधानमन्त्री बने मुलुकलाई निकास दिन सक्ने उनले बताए ।

    भैरहवाका सपुत तथा रैथाने नेता दीपक बोहरालाई निर्वाचन जिताउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । उनीहरुले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले गति लिने दावी गरे ।

    सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संयुक्त सम्पर्क कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नम्बर २, ५ र १० को उद्घाटन कार्यक्रममा बोल्ने नेताहरुले दीपक बोहराको अगुवाइमा भएका विकास निर्माणका कार्यहरुबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जीत सुनिश्चित भएको दावी गरेका छन् ।

    त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमाले, राप्रपा र जसपा चुनावी अभियानमा जुटेको बताए । उनले पाँचदलीय गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाए । उनले भने, ‘निर्वाचनका बेला सत्ता र शक्तिको दुरुपयोग हुन सक्छ, यसतर्फ सतर्क हुनुपर्छ ।’नेपालको राजनीतिक आन्दोलनमा दीपक बोहराको भूमिका महत्वपूर्ण रहेको उनको दाबी छ ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष तथा एमाले नेता दीपक कुमार थापाले राप्रपा, एमाले र जसपाबीच भएको तालेमल निर्वाचनपछि पनि निरन्तरता पाउने बताए । उनले भैरहवाको पुत्र दीपक बोहरासहित तीन दलका उम्मेदवारहरुलाई अत्यधिक मतले जिताउनुपर्नेमा जोड दिए । वडा नं २ मा राप्रपा नेता रामकेश यादव, वडा नं १० मा नेकपा एमालेका वडा अध्यक्ष भोला कोइरी, वडा नं ५ मा नेकपा एमालेका नेता तथा पूर्व वडा अध्यक्ष चेत बहादर क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।

    राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री, रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
     
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij