images

मंगलवार, बैशाख २५ गते २०८१

नवलपरासीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते  

नवलपरासीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते  

images
images
images
मंगलवार, कार्तिक १५ २०७९
मंगलवार, कार्तिक १५ २०७९
  • नवलपरासीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते  

    नवलपरासी(पश्चिम), १५ कात्तिक ।सुस्ता गाउँपालिका–४ स्थित नर्सही घोलामा डुङ्गा पल्टिँदा ३ जनाको सोमबार साँझ मृत्यु भएको छ । 

    images
    images
    images

    मृत्यु हुनेहरुमा सोही गाउँपालिका–४ गोकुलनगर बस्ने २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ता रहेका छन् । घोलापारी रहेको पटनहियामा पिकनिक गई फर्किएका सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ५ जना डुङ्गामा चढी घोला तर्ने क्रममा अचानक डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ । 

    डुङ्गा पल्टिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्दार गरी उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु हो । घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानिको सोही अस्पतालमा उपचार भइरहेको छ । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij