२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

चिटिक्क प-यो जेसिआई सिद्धार्थ नेपाल,  झण्डै १० लाख खर्चिएर जेसिज सचिवालय पुनर्संरचना 

शुक्रवार , मंसिर २६, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा। जेसिआई सिद्धार्थ नेपाल भैरहवाले जेसिज सचिवालयको पुनर्संरचना गरेको छ। जेसिज सचिवालय रहेको भवन जिर्ण बनेका कारण सचिवालय पुनर्संरचना गरी निर्माण गरिएको जेसिआई सिद्धार्थ नेपाल बर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले जानकारी दिए। 

    पुनर्संरचना गरिएपछि जेसिज भवन चिटिक्क परेको छ। भवनमा रंगरोवन गरिएको छ भने बैठक कक्षका टायल तथा एसि समेत जडान गरिएको छ। बिभिन्न व्यक्ति तथा सस्थाको सहयोगमा सचिवालयको पुनर्संरचना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। उनले सचिवालय पुनर्संरचनाका लागि झण्डै १० लाख रुपैया खर्च भएको उल्लेख गरे। सचिवालय पुनर्संरचना पछि महासचिव र कोषाध्यक्षका लागि पनि छुट्टै कार्यकक्ष तयार गरिएको छ। 

    पुनर्संरचना गरी निर्माण सम्पन्न गरिएको सचिवालयको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसका नेता प्रमोद कुमार यादवले उद्घाटन गरे। सो अबसरमा बोल्दै सांसद यादवले मंगल भण्डारी नेतृत्वको सिद्धार्थ जेसिजले नगरमा देखिने गरी काम गरेको भन्दै प्रशंशा गरे। उनले युवाहरुको नेतृत्व र व्यत्तित्व बिकासका साथै आफु बस्ने सचिवालयलाई समेत समयानुकुल परिर्वतन गरेको भन्दै खुसी व्यक्त गरे। 

    jci 1.jpg

    महासचिव दीपक काफ्लेको संयोजकत्वमा भएको कार्यक्रममा संबिधान सभा सदस्य आदित्य नारायण कसौधन, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङ, जेसिजका मानार्थ सदस्य ओमकार गौचन, पुर्व अध्यक्ष डा. शम्भुकुमार गुप्ता, जेसिआई सिद्धार्थ लेडिकी निर्वतमान अध्यक्ष पार्वती पौडेल लगाएतले बोल्दै जेसिजका कार्यक्रमलाई अझै बिस्तार गर्दै जानु पर्नेमा जोड दिए ।