२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

रुपन्देही युवा समुहद्वारा क्यान्सर पीडितलाई सहयोग

शनिवार , मंसिर २७, २०७७

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • भैरहवा, २७ मंसिर ।
    विगत ३ महिनादेखि पाठेघरको क्यान्सरबाट पीडित दिपा मिश्रालाई रुपन्देही युवा समुह मर्चवारी गाउँपालिका समितिले सहयोग गरेको छ । समुहले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी ४७ वर्षिय मिश्राको उपचारको लागि नगद ४२ हजार रुपैयाँ प्रदान गरेको हो ।

    शनिबार एक कार्यक्रमकाबीच पीडितको छोरी शिल्पा मिश्रालाई उक्त रकम हस्तान्तरण गरिएको कार्यक्रम संयोजक गौरी शंकर जयसवालले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले क्यान्सर पीडितलाई समुह अन्तर्गत मर्चवारी गाउँपालिका शाखाले सहयोग गर्नु प्रशसंनीय रहेको बताए । उनले क्यान्सर पीडितलाई अन्य संघ–संस्थाबाट पनि सहयोगको अपेक्षा राखिएको बताए ।

    समुहका रुपन्देही अध्यक्ष विशाल गुप्ताले क्यान्सर पीडितलाई मर्चवारबाट भैरहवा आएर सहयोग गर्ने कार्य सराहनीय रहेको बताए ।  समुहका तिलोत्तमा नगरपालिका उपाध्यक्ष सायद पाठकले आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुलाई रुपन्देही युवा समुहले सहयोग गर्दै आएको बताए । समुहका बुटवल उपमहानगरपालिका उपाध्यक्ष पुरक पाण्डेले आगामी दिनमा समुहले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई तीव्रता दिने बताए ।

    रुपन्देही युवा समुह मर्चवारी गाउँपालिका समितिका अध्यक्ष सुग्रीम यादवको अध्यक्षता, कोषाध्यक्ष विनय कुमार चौधरीको स्वागत तथा समुहका जिल्ला सचिव कृष्ण प्रसाद खरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष विशाल मिश्रा, कोषाध्यक्ष अभिषेक जयसवाल, सल्लाहकार विशाल चौधरी, सल्लाहकार एडी गुरुङ, बुटवल उपमहानगरपालिका कोषाध्यक्ष अप्सना परियार लगायतको उपस्थिति रहेको थियो ।