images
images

आइतवार, जेठ ६ गते २०८१

खेलाडीलाई निःशुल्क स्वास्थ्य बीमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पौडेल

खेलाडीलाई निःशुल्क स्वास्थ्य बीमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पौडेल

images
images
images
आइतवार, कार्तिक २० २०७९
आइतवार, कार्तिक २० २०७९
  • खेलाडीलाई निःशुल्क स्वास्थ्य बीमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पौडेल

    बुटवल, २० कात्तिक ।  

    images
    images
    images

    पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेलाडीलाई निःशुल्क स्वास्थ्य बीमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।मदन भण्डारी स्पोट्र्स एकेडेमीले शनिबार बुटवलमा आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै उनले देशका लागि खेलेर नाम उचो बनाउने खेलाडीहरुलाई सम्मानीत तरिकाले बाँच्ने आधार बनाउने बताए । ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् । त्यसका लागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरी प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उनले भने, ‘रोग लाग्दा उपचार गर्न निःशुल्क स्वास्थ्य बीमा, जीवन बीमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’

    पूर्वमन्त्री पौडेलले खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । खेल स्वास्थ्य, अनुशासन, मनोरञ्जन र प्रतिष्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउँदै उनले सबैका लागि खेल गतिविधि गरिनुपर्ने बताए ।

    नेकपा एमाले उपाध्यक्ष पौडेलले आफू खेलकुद मन्त्री खेलको विकासका लागि बन्दा दशरथ रंगशाला, टिटी रंगशाला लगायतको स्तरोन्नतिमा गरेको काम उनले सम्झिए ।  अर्थमन्त्री हुँदा प्रदेशस्तरीय खेलमैदान, एक प्रदेश एक रंगशाला निर्माण, हाइअटिच्युट खेलको प्रशिक्षण र सुरुवात, शान्तिका लागि दौड, खेल पूर्वाधारको स्तरोन्नति लगायतको काम गरेको उनले बताए । ‘खेल मैदान, खेल पूर्वाधार र प्रशिक्षण अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनु हुँदैन,’ उनले भने, ‘अब खेललाई पर्यटन, स्वास्थ्य, संस्कृति, अनुशासन, शान्ति र सदभावलाई जोडेर विकास गर्ने योजना छ ।’

    रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उमेदवार समेत रहेका पौडेलले खेल प्रतिष्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिष्पर्धा सिक्नुपर्ने  र स्वार्थ एवं अस्वस्थ प्रतिष्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताए । खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिष्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउँदै उनले अब सबैका लागि खेल गतिविधि गरिनुपर्ने बताए । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले बताए ।

    लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले आफू मन्त्री हुँदा एक पालिका एक खेलमैदान, उजीरसिंह रंगशाला, सिद्धेश्वरी खेलमैदान लगायतमा लगानी गरेको बताए । रुपन्देहीको क्ष्ँेत्र नम्बर २ को १ बाट प्रदेशसभाका एमाले उम्मेदवार समेत रहेका उनले अब खेलको पूर्वाधार विकास, निरन्तर प्रतियोगिता र खेलाडीलाई प्रोत्साहन गर्ने काम गर्ने बताए । आफूले अझै खेल र खेलाडीले देख्न  सक्ने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने प्रतिवद्धता समेत उनले जनाए  ।

    लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा रुपन्देही–२ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा देखिने गरी काम गर्ने बताए । खेलाडीको सम्मान हुनु भनेको देशको सम्मान हुनु रहेको बताउदै खेललाई विभिन्न विधासँग जोडेर विकास गर्ने र खेलाडीलाई सहज रुपमा जिउने आधार तयार गर्ने प्रतिवद्धता जनाए ।

    राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको व्यवसायिकता र सम्मानित जीवनको लागि दल र तीनका नेताहरुले सोच्नुपर्ने बताए । जीवन खेलकुद र देशको इज्जतमा सुम्पेका खेलाडीलाई अशक्त र बुढ्यौलीमा जिउने आधार तयार गर्न आफू लागिपर्ने उनले जनाए ।

    मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडी र खेलकुदको क्षेत्रमा उम्मेदवारबाट प्रतिवद्धता लिन कार्यक्रम आयोजना गरेको बताए । एमाले सरकारका पाला देशका खेलकुद गतिविधि र पूर्वाधार निर्माणमा देखिने गरी काम गरेकाले अब खेलाडीको सुरक्षा र सम्मानका लागि काम गर्न प्रतिवद्ध बनाउन लागेको बताए ।

    कार्यक्रममा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले देशका लागि खेल्ने खेलाडीलाई सुरक्षीत र सम्मानित भएर बाँच्ने वातावरण बनाउन काम गर्न आग्रह गरे । एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेल र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए । एकेडेमीका केन्द्रीय सदस्य डा. प्रकाश पौडेलले खेलाडीहरुका लागि छुट्टै अस्पतालको व्यवस्था गरिदिन माग गरे । अन्तर्राष्ट्रिय पूर्व खेलाडी तथा प्रशिक्षक तुलबहादुर थापाले खेलाडीले आफ्नो जीवन कसरी चलाउने भन्ने चिन्ता नमानी खेल्ने वातावरण बनाइदिन माग गरे ।
     
     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij