images
images

आइतवार, जेठ ६ गते २०८१

सेमिफाइनलमा पाकिस्तानको भिडन्त इंग्ल्यान्डसँग, फाइनलमा भारतसँग भेट होला ?

सेमिफाइनलमा पाकिस्तानको भिडन्त इंग्ल्यान्डसँग, फाइनलमा भारतसँग भेट होला ?

images
images
images
आइतवार, कार्तिक २० २०७९
आइतवार, कार्तिक २० २०७९
  • सेमिफाइनलमा पाकिस्तानको भिडन्त इंग्ल्यान्डसँग, फाइनलमा भारतसँग भेट होला ?

    काठमाडौं, २० कात्तिक । बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    आइतबार अस्ट्रेलियाको ओडिलेडमा भएको सुपर १२ को खेलमा पाकिस्तानले बंगलादेशले दिएको एक सय २८ रनको। लक्ष्य पाँच विकेटको क्षतिमा ११ बल बाँकी हुँदा पूरा गर्‍यो ।

    पाकिस्तान समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेदरल्यान्डसले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत जिम्बाबेसँगको खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सुपर १२ को खेलमा सुरुवाती दुई खेल लगातार गुमाएको पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्ने चौथो देश बनेको छ । यसअघि समूह ‘ए’ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । पाकिस्तान सन् २००७ यता दुई वर्षबाहेक सबै विश्वकपमा सेमिफाइनल प्रवेश गरेको छ ।

    यसअघि पाकिस्तान सन् २००७, २००९, २०१० र २०१२ मा भएको विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । सन् २०१४ र २०१६ मा भएको टी–२० विश्वकपमा भने पाकिस्तान सुपर १२ बाटै बाहिरिएको थियो । त्यसपछि २०२१ र २०२२ मा भएको टी(२० विश्वकपमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ । 

    यसपटक पाकिस्तानको कप्तान बाबर आजम छन् । जो टी-२० प्रतियोगितामा सर्वाधिक चर्चामा छन् । सुरुवाती चार खेलमा खासै जम्न नसकेका बाबरले अन्तिम खेलमा बंगलादेशविरुद्ध भने २५ रन बनाएका छन् । पाकिस्तानले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । भारत र न्युजिल्यान्डले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।न्युज कारखाना

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij