२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

भैरहवामा मण्डप बनाउने तीन दलको प्रतिबद्धता

आइतवार , कार्तिक २०, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २० कात्तिक । नेकपा एमाले, जसपा र राप्रपाका उम्मेदवारहरूले भैरहवा विकासका लागि भैरहवा मण्डप बनाउने प्रतिबद्धता जनाएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नं ३ को नेकपा एमाले, राप्रपा र जसपाका तीन दलका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पूर्वाधार निर्माण र विकासमा साझा प्रतिबद्धता व्यक्त गर्दै उद्योग व्यापार र प्रदर्शनीका लागि भैरहवामा सदैव अप्ठ्यारो आएको हुनाले भैरहवा मण्डपको व्यवस्था गरिने बताएका हुन् ।

    राप्रपा,  एमाले र जसपाका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार तथा राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराले भैरहवामा प्रदर्शनी हुँदै सदैव भाडामा जग्गा खोज्नुपर्ने समस्या अब हट्ने बताउँदै उद्योगी, व्यापारीका लागि आफ्नो सामान प्रदर्शनी गर्ने उपयुक्त ठाउँ व्यवस्थित गरिने बताए ।

    हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्धसम्बन्धी अवधारणा, बुटवल बेलहिया-६ लेन सडकमा आवश्यकताअनुसार आकाशे पुल र अण्डर पासको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।