२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स सिद्धार्थनगर टुलिपको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आइतवार , मंसिर २८, २०७७

भैरहवा, २८ मंसिर । )
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन शाइन आवासीय मा.वि. सिद्धार्थनगरमा सम्पन्न कार्यक्रममा १८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक नम्रता हटुवालले जानकारी दिइन् । 

रक्तदाताहरूलाई सम्मानपत्र दिदै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले कोभिड–१९ संक्रमणको हालको अवस्थामा रक्तदानको थप महत्व रहेको हुँदा रक्तदान गर्न सबैमा अपिल गरे । 

कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपाने, स्ट्राटिजिक चिफ एमजेएफ महेश थापा, सनशाइन आवासीय मा.वि.का संस्थापक प्रिन्सिपल डा. ज्ञानदेव हटुवाल, लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु एरिया–४ का इभ्यालुयसन टिम हेड विनोद खरेल लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए । 

क्लबका कार्यवाहक अध्यक्ष माया सारू मगरको सभापतित्व तथा सचिव निर्मला श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार रुक्मा हिराचन, पूर्व अध्यक्ष अमृता थापा, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष दुर्गा आचार्य लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाइ भैरहवाको प्राविधिक सहयोग रहेको थियो ।