images
images

आइतवार, जेठ ६ गते २०८१

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो अफर

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो अफर

भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट पाउने  

images
images
images
सोमवार, कार्तिक २१ २०७९
सोमवार, कार्तिक २१ २०७९
  • फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो अफर

    भैरहवा, २१ कात्तिक । 
    आउँदै गरेको फिफा विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५ सयमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ इञ्चदेखि ४३ इञ्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् । भायाटिभीका हालका ग्राहकहरूले रु. ५ सय मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेट–टप–बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ ।  

    images
    images
    images

    यसबाहेक भायाटिभीको “ब्रिंग होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले रु. १५० प्रति महिनासम्ममा भायाटिभी र रु. ९९९ प्रतिमहिना सम्ममा २ सय एमबिपिएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन् ।

    वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२ हजार १ सय २३ सम्ममा र ४३ इञ्चको स्मार्ट टिभी मात्र रु. २४ हजार ३ सय ३५ सम्मको मुल्यमा खरिद गर्न पाउनेछन् ।    
    यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट–टप–बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटरमध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ ।   

    यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ । भायाटिभी, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन्सको आई.पि.टि.भी. सेवा हो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij