२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देही एकका स्वतन्त्र उम्मेदवार न्यौपानेको चुनावी प्रतिबद्धता सार्वजनिक 

सोमवार , कार्तिक २१, २०७९

भैरहवा । रुपन्देही क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार लिलामणी न्यौपाने (एम.डि) ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

परिर्वतनका लागि परिवर्तक नारा दिएका युवाहरुका ढुकढुकी रुपन्देही क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार न्यौपानेले २१ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

उनलाई रुपन्देही एकका युवाहरुले सहयोग गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पर्यटन क्षेत्रको बिकास गर्ने अठोजका साथ च्नावी मैदानमा उत्रिएका न्यौपानेले आम मतदाताहरु पुराना नेताहरुबाट आजित भएकाले यस पटक न्यौपानेको पक्षमा मत परिणाम आउने तिलोत्तमा ७ का युवा रविन जोशीले दावी गरे । 

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै न्यौपानेले  चुनाव जितेपछि रुपन्देहीमा विकास, रोजगार, शुशासन, युवामैत्री शाशन, व्यवसायिक शिक्षा र प्राबिधिक शिक्षाको ग्यारेन्टी गर्ने बताए । 

लामो समयदेखि बिभिन्न सामाजिक संघसस्था मार्फत समाजसेवा गर्दै आएका शालिन, मेहनती र इमान्दार युवा उम्मेदवारको रुपमा आफुलाई स्थापित गर्न सफल न्यौपानेले पुतली चुनाव चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गरे ।

तिलोत्तमा ११ का स्थायि बासि न्यौपानेले सार्वजनिक गरेको प्रतिबद्धता फोटोमा हेर्नुहोस । 

IMG-20221107-WA0000.jpg
undefined