२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रोहिणीसहित विभिन्न पालिकामा आज सार्वजनिक विदा

मंगलवार , कार्तिक २२, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २२ कात्तिक ।
    रुपन्देहीको रोहिणी गाउँपालिकासहित विभिन्न स्थानीय तह (पालिका) ले मंगलबार (आज) सार्वजनिक विदा दिएका छन् । मंगलबार परेको कार्तिक शुक्ल पुर्णिमाको अवसरमा रोहिणीसहित ओमसतिया, मायादेवी, कोटहीमाई, सम्मरीमाई, मर्चवारी गाउँपालिका लगायत स्थानीय तहले सार्वजनिक विदा दिएका हुन् । पालिकाहरुले सोमबार सूचना जारी गर्दै विदा दिइएको जानकारी दिएका छन् ।

    हिन्दू धर्मावलम्बीहरुको महान चाडपर्व कात्तिक शुक्ल पुर्णिमा तथा कात्तिक स्नान समाप्तीको साथै ऐतिहासिक तथा धार्मिक सतियामाई स्थान सिलौटियामा पौराणिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले ऐतिहासिक मान्यता र श्रद्वालुको माग अनुसार कात्तिक २२ गते मंगलबार विदा दिइएको जानकारी दिए ।

    हिन्दु धर्मावलम्बीको पर्व ‘कार्तिक पुर्णिमा स्नान’ को अवसरमा पालिका मातहत रहेका सम्पूर्ण शैक्षिक संस्था, आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य चौकी, वडा कार्यालय लगायत सम्पूर्ण सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।