images
images

आइतवार, जेठ ६ गते २०८१

सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९ मा कुस्ती प्रतियोगिता सुरु

सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९ मा कुस्ती प्रतियोगिता सुरु

images
images
images
बिहिवार, कार्तिक २४ २०७९
बिहिवार, कार्तिक २४ २०७९
  • सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९ मा कुस्ती प्रतियोगिता सुरु

    भैरहवा, २४ कात्तिक ।
    लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा कात्तिक १७ गते सुरु भएको प्रथम सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९ अन्तर्गत बिहीबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर–४ स्थित श्री रामजानकी हनुमान मन्दिर परिसरमा मेला सञ्चालन भइरहेको छ ।

    images
    images
    images

    कुस्ती प्रतियोगितामा नेपाल र भारतबाट २५ जना बढी पहलमानको सहभागीता रहेको क्लबका प्रथम उपाध्यक्ष तथा मेलाका संयोजक राजन शुक्लाले बताए । कुस्ती प्रतियोगिता शुक्रबार पनि सञ्चालन हुने उनले जानकारी दिए । उनले भने, ‘तराई मधेशमा लोकप्रिय खेल कुस्तीको संरक्षण तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेका छौं ।’

    Kusti.JPG

    प्रतियोगिताको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) र श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले उद्घाटन गरेका छन् । हालसम्म २० हजार बढी दर्शकले मेलाको अवलोकन गरिसकेको शुक्लाले जानकारी दिए । मेलामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहेको छ । 

    नाफा कमाउने उद्देश्यले नभइ सामाजिक कार्य गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए । मेलामा प्रवेश शुल्क वापत रु. ७० तथा विद्यार्थी र बालबालिकाका लागि रु.५० तोकिएको उनले जानकारी दिए । मेला कात्तिक २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलाको सह–आयोजक सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय र सहयोगी जे.एम.डी. ग्रुप बुटवल रहेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij