images

सोमवार, बैशाख २४ गते २०८१

सिद्धार्थ वरियर्स विजयी 

सिद्धार्थ वरियर्स विजयी 

images
images
images
शनिवार, कार्तिक २६ २०७९
शनिवार, कार्तिक २६ २०७९
  • सिद्धार्थ वरियर्स विजयी 

    बुटवल, २६ कात्तिक ।
    देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग–२०७९ मा सिद्धार्थ वरियर्स विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबार भएको खेलमा सिद्धार्थले ओमसतिया स्टारमाथि १ सय ७ रनको शानदार जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको सिद्धार्थले ४० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७८ रनको लक्ष्य खडा गरेको थियो । सिद्धार्थको लागि संगम पाण्डेले ४९ र अल्दीप क्षेत्रीले ३४ रन तथा ब्रिजेस थारुले १७ रन जोडेका थिए । ओमसतियाका बद्री आलमले २ विकेट लिएका थिए । 

    images
    images
    images

    मध्यम लक्ष्य पछयाएको ओमसतियाका ब्याट्सम्यानहरु २१.३ ओभरमा केवल ७१ रनमा समेटिए । उसमा लागि अज्जाल हकले १४ र शैलेन्द्र यादवले ११ रनबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न सिद्धार्थका ब्रिजेस थारु र अर्जुन करुसले समान ३–३ विकेट तथा तुसार चौहानले २ विकेट लिए । खेलमा सिद्धार्थका ब्रिजेस थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए । 

    बिहिबार उद्घाटन खेलमा जिबिआईसिए सैनामैना विजयी भएको थियो । देवदह ड्रागनलाई १५ रनले पराजित गर्दै सैनामैनाले पहिलो जित हासिल गरेको हो । सैनामैनाका सन्देश ज्ञवाली म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरी ६ टिमहरु बिचमा खेल हुनेछन । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij