images

शुक्रवार, चैत्र १६ गते २०८०

यसपटक जनताले मन र मत दुवै बदल्नेछन् : स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्का

यसपटक जनताले मन र मत दुवै बदल्नेछन् : स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्का

images
images
images
शनिवार, कार्तिक २६ २०७९
शनिवार, कार्तिक २६ २०७९
  • यसपटक जनताले मन र मत दुवै बदल्नेछन् : स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्का

    रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी निकै बढेको छ । रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्र मध्ये रुपन्देही–३ लाई निकै महत्वका साथ हेरिएको छ । बहालवाला गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँण, पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्का र लौरो अभियानबाट प्रख्यात बन्जाडे चुनावी मैदानमा छन् । निर्वाचनको मिति नजिकदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र पारेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्का आफ्नै पारामा चुनावी प्रचारमा क्रियाशिल रहेका छन् । 
    खड्का भैरहवाका स्थायी बासिन्दा हुन् । उनी स्थापित उद्योगी पनि हुन् । आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्कासँग खबरपात्रोले कुराकानी गरेको छ । खड्कासँग गरेको कुराकानीको सम्पादित अंश :

    images
    images
    images

    प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गएको छ । चुनावी चाप कस्तो छ ?

    हामी अहिले निरन्तर रुपमा चुनावी प्रचारप्रसारमा रहेका छौं । चुनावको मिति नजिकदै गर्दा चुनावी चाप बढ्दै गएको छ । स्वभाविक रुपमा चुनावको चाप बढ्ने नै भयो । तर, हामी सहजै रुपमा चुनावी गतिविधिमा हिडिरहेका छौं । हामीलाई कुनै पनि खालको हतार पनि छैन्, हामी आफ्नै गतिमा हिडिरहेका छौ । जनताको राम्रो समर्थन पाइरहेका छौं । जनता र हाम्रो राम्रो ट्युनिङ मिलिरहेको छ । धेरै नेपालीलाई देशको मायाले पोलिरहेको छ । देशको मायाले पोलिरहेका नागरिक तथा मतदाहरु हाम्रो पक्षमा छन् । हामीलाई जनताले साथ दिन्छन् ।

    तपाईहरु चुनावी प्रचारका क्रममा जनताको घरदैलोमा पुगिरहनु भएको छ । जनताले के भन्छन् उम्मेदवारहरुसँग ?

    मतदाताहरुले पुराना नेता तथा दलका नेता आउनु हँुदैन भन्ने एक स्वरमा माग गरिरहेका छन् । दलका नेता तथा पटकपटक चुनाव जितेकाहरुले देशलाई बर्बाद बनाए । उनीहरुको एउटै कुरा छ पुराना मान्छे कोही पनि आउनुहुँदैन् । नयाँ र योग्य मान्छे आउनुपर्छ भन्ने गरेका छन् । जनताले भन्ने गरेको र खाजेको योग्य उम्मेदवार म छु । नेपालका योग्य उम्मेदवाहरुको लिस्टमा म पनि पर्छु । 

    दलीय व्यवस्था भएको मुलुकमा स्वतन्त्र व्यक्तिले चुनाव जित्न सक्छ । तपाई चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

    म अरुले जस्तो सामदाम दण्ड भेद अपनाइ रहेको छैन् । आफ्नो स्वभावमा बसेकाले मलाई सहजै छ । मुख्य कुरा मलाई देश पोलेर आएको हो । जनता पनि देशको मायाले पोलिरहेको छ । देशको मायाले पोलिरहेका नेपाली नागरिकसँग मेरो एजेण्डा र कुरा मिल्छ यति भएपछि सकिहाल्यो नी । विचार अलगअलग भएर, समस्या अलगअलग भए पो त्यहा लफडा हुन्थ्यो । सबैलाई देशको मायाले पालिरहेको छ । मलाई पनि देशको मायाले पोलेर देशमा झांगिएको विकृति हटाउन आएको हुँ । जनताले साथ र सहयोग गर्छन मैले चुनाव जित्छु । अर्को कुरा भनेको अरु उम्मेदवारहरु आ–आफै गएर चुनाव गरिरहेका छन् । हामीलाई भने तपाईहरु आईदिनु प¥यो भनेर लागेका छन् । जनता हाम्रो पक्षमा स्वतस्फूर्त रुपमा लागिरहेका छन् त्यसकारण हामीलाई चुनाव जित्न सहज छ । जनताले आफ्नो मन परिवर्तन गरेर मत परिवर्तन गर्नेमा हामी ढुक्क छौं ।

    अहिलेसम्म आफ्नो क्षेत्रमा कहाँकहाँ जानुभयो ?

    हामीले आफ्नो क्षेत्रभित्र पर्ने सबै स्थानमा पुगिसकेका छौं । क्षेत्रभित्र पर्ने एउटै गाँउमा ३/३, ४/४ पटक पुगिसकेका छौं । हामीलाई यहाँका अधिकांशले साथ र समर्थन गरेका छन् । अर्को अर्थमा भन्ने हो भने जसलाई देशले पोलिरहेको छ, तिनीहरुले मलाई समर्थन गरेका छन् । देशले धेरैलाई पोलेको छ । देशलाई पोलेकाले हामीलाई मत दिएर चुनाव जिताउने छन् ।

    तपाईलाई खास के कुराले पोलिरहेको छ ?

    देश दिनप्रतिदिन बिग्रदै गएको छ । भ्रष्टाचारले मुलुकलाई थिलोथिलो पारिरहेका छ । मुलुकमा दण्डहिनता उस्तै बढेको छ । म त सकेसम्म राजनीतिमा प्रवेश नै नगरौ भन्ने पक्षमा थिए । पुराना दल र तीनका नेताले देशलाई नराम्रोसँग बिगारेका कारण बिग्रिएको मुलुक सपार्नका लागि म राजनीतिमा आएको हुँ ।

    आर्थिक रुपमा मुलुक अहिलेसम्म यो अवस्थामा पुगेको थिएन् । १२ वर्षे द्वन्द्वकाल, कोभिड–१९ बेला पनि नथलिएको मुलुकको आर्थिक अवस्था अहिले थलिएको छ । यसलाई सुधार गर्नका लागि पनि म र म जस्ता भिजन भएका व्यक्ति संसदमा जानु पर्दछ । मुलुक सुधार गर्न सक्ने सार्मथ्य हामीसँग छ । सरकारमा बसेका कुपात्रहरुको कुकर्मका कारण मुलुक यो अबस्था पुगेको सबैलाई छरलङग छ । राजनीतिक पहुँच छ भने जसले जे गरे पनि भइरहेको छ । देशमा न विधिको शासन छ, न त कानूनको शासन छ । सबै सबै समस्याको समाधानका लागि हामी चुनावी मैदानमा रहेका छौ ।

    तपाई चुनावी मैदानमा हुनुहुन्छ ? तपाईका चुनावी एजेण्डाहरु के के हुन ?

    सबैभन्दा पहिले त देश विरोधी नीति, नियमहरु परिमार्जन गर्नुपर्यो । उद्योगमैत्री, कृषिमैत्री र जनमैत्री नीति बनाउनुपर्दछ । अर्थनीति सुधार गर्नुपर्दछ ।  मिलाउनुपर्ने कुरा धेरै छन् । एउटा कुरा सुधार गर्नु पर्ने भए पो हो । धेरै कुरा सुधार गर्नुपर्ने छ । भ्रष्टाचारमा कठोर दण्डनीति अपनाउनुपर्छ । कानूनी राज्यको रुपमा काम हुनुपर्याे । कृषकले सम्मानित जीवन जिउन पाउनुपर्छ । समयमैं बीउ, मल र सिंचाइको सुबिधा पाउनुपर्छ । हामी जनताको आवाज बोल्छौ । प्रवल रुपमा जनताको आवाजलाई संसदमा उठाउने छु । मेरा कुरा संसदमा उठेन भने जनताका बीचमा आएर सुनाउने छु । जनता जर्नादन हुन् । जनताले आफ्नो खुट्टामा बन्चरो हान्ने छैनन् भन्नेमा म विश्वस्त छु ।

    दलका उम्मेदवारहरुले चुनावमा धेरै खर्च हुन्छ भन्छन् । तपाईंले चुनावमा कति खर्च गर्दै हुनुहुन्छ ?

    म त सामान्य खर्चमा चुनाव लड्दै छु । मैले ५ लाख रुपैयाँ चुनावी खर्चका लागि छुट्टाएको छ । त्यसमध्ये अहिलेसम्म २ लाख ६४ हजार रुपैया मात्र खर्च गरेको छु । हामीलाई चुनावका लागि धेरै खर्च गर्नै पर्ने छैेन् । हामी सानो समूह लिएर चुनाावी प्रचारमा लागेका छौ । अरु जनता भेट्न जान्छन् मलाई जनता आफैले भेट्नका लागि बोलाउँछन् । म परम्परागत रुपमा चुनाव लडिरहेको छैन् । आफ्नै पारामा चुनाव लडिरहेको छु । त्यस कारणले ५ लाखभित्रै चुनाव सम्पन्न गर्ने योजनामा छौं । म सुशासन कायम गर्दै मुलुकमा समृद्धि ल्याउन चाहन्छु । त्यसका लागि जनताले मलाई सहयोग र सर्मथन गर्नुहुनेछ ।

    तपाईंले भन्ने गरेको सुशासन र समृद्धिका बिषयलाई मतदाताले पत्याउलान त ?

    मलाई विश्वास छ, मेरा कुरा मतदाताले पत्याउने छन् । दलका नेताले जस्तो मैले मतदाता माझ बेइमानी गर्ने छैन । मैले कुनै पनि खालको भ्रष्टाचार गर्ने छैन् । मलाई पैसा, आफुनो सुख र समृद्धिका लागि चुनाव लडेको नभई देशको हितका लागि चुनाव लडेकाले यहाँका मतदाताले मलाई पूर्ण विश्वासका साथ संसदमा पठाउनेछन् । त्यसपछि मैले जनताको पक्षमा निरन्तर काम गर्ने छु ।

    अन्तमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

    मेरो एउटा मात्र अनुरोध छ । यसपटक पुराना दल र त्यसका उम्मेदवारलाई नभइ राम्रा उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दछु । देशको माया भएका सबै नागरिकले राम्रा मान्छेलाई मतदान गर्नेछन् । म पनि देशको मायाले पोलेर राजनीतिमा होमिएको हु । त्यसैकारण मतदाता र मेरो ट्युनिङ मिल्छ । मतदाताले मन बदलेर मतदान गर्ने छन् राम्रा मान्छेका लागि । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij