२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

तिलोत्तमामा अनियमितता र बेथिति बढेको भन्दै तरुण दल सडकमा

सोमवार , श्रावण १२, २०७७

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • बुटवल, १२ साउन ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनियमितता र बेथिति बढेको भन्दै नेपाल तरुण दल तिलोत्तमा नगर समितिले सोमबार मणिग्राममा विरोध प्रदर्शन गरेको छ ।

    ऐन कानुन विपरित विभिन्न पदमा सल्लाहकार तथा कर्मचारी नियुक्त गरी जनताले तिरेको करको दुरुपयोग गरेको, ९ करोड बढीको बेरुजु रहेको, राजनीतिक प्रभावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न नसकेको भन्दै तरुण युवाहरुले नगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका हुन ।

    ऐन कानुन मिचेर नियुक्त गरिएका सल्लाहकार तथा अन्य पदहरु खारेज गर्नुपर्ने, ९ करोड बढीको बेरुजुको हिसाबकिताब स्पष्ट पार्नुपर्ने, प्राचीन सम्पदा संरक्षण गर्नुको साटो नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेर भवन बनाइरहेकाले त्यस्ता कार्य तत्काल रोक्नुपर्ने तरुण दलले माग गरेको छ । 

    tarundal.jpg

    तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुनविपरीत विभिन्न पद सिर्जना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरिरहेको बताए । राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरु मनपरी वितरण गर्न खोजेको, वडा नम्बर ११ को बुद्धकालिन पोखरी संरक्षण गर्नुको साटो नगरपालिकाले  नै अतिक्रमण गरी भवन बनाइरहेको भन्दै उनले त्यस्ता कार्य तत्काल बन्द गर्न माग गरे  । 

    Tarun dal.jpg

    तरुण युवाहरुले बेथिति र अनियमितताको अन्त्य गर्न माग गर्दै ६ लेन सडकको बीचमा राखिएका बुद्ध मुर्ति फोड्ने अपराधी पत्ता लगाइ कारवाहीका लागि पहल गर्नुपर्ने माग पनि गरेका छन । ९ करोड ४० लाख रकम बेरुजु खै, बुद्ध मुर्ति फोड्ने र सडकका रुख काटने अपराधी खोइ, पुरातात्विक सांस्कृतिक सम्पदा मास्न पाइँदैन, ऐन कानुनविपरीतका नियुक्ति खारेज गर, सार्वजनिक जग्गा संरक्षण गर’ लेखिएका प्लेकार्डसहित नगरपालिका अगाडी प्रदर्शन गरेका तरुण युवाहरुले ती प्लेकार्डहरु नगरपालिकाको गेटमा लगेर टाँसीदिएका छन ।