२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

श्री सत्य साई केन्द्र मेउडिहवाद्वारा अस्पताललाई ह्वील चेयर हस्तान्तरण

शनिवार , कार्तिक २६, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २६ कात्तिक ।
    श्री सत्य साई केन्द्र मेउडिहवा, भैरहवाले भीम अस्पताललाई ह्वील चेयर हस्तान्तरण तथा बिरामीहरुलाई पौष्टिक आहार वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच सत्य साई केन्द्र मेउडिहवाका अध्यक्ष चन्द्रिका लामाले अस्पतालकी प्रमुख (मेडिकल सुपरिटेण्डेण्ट) डा. शकुन्तला गुप्तालाई ह्वील चेयर हस्तान्तरण गरेकी हुन् ।

    केन्द्रका युवा संयोजक नतिशा थापा, निर्माण संयोजक नारायण प्रसाद भण्डारी, आध्यात्मिक संयोजक हेमराज थापा लगायत सम्पूर्ण साई भक्तहरुको सहभागिता रहेको कार्यक्रममा बाल विकास गुरु तथा शिक्षा संयोजक कमल श्रेष्ठले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

    314981558_1076870062988252_8569943534796030813_n.jpg

    सत्य साई बाबाको ९७ औं जन्मोत्सवको अवसर पारेर केन्द्रले पञ्चदिवसीय कार्यक्रम आयोजना गरिरहेको छ । गत हप्ता मात्र केन्द्रले नगरस्तरीय अन्तर विद्यालय आध्यात्मिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो । आगामी मंसिर मंसिर ७ गते विभिन्न कार्यक्रहरुका साथ युग अवतार श्री सत्य साई बाबाको जन्मोत्सव समारोह मेउडिहवा केन्द्रमा मनाउने तयारी भइरहेको शिक्षा संयोजक कमल श्रेष्ठले जानकारी दिए । त्यस्तै शनिवार (आज) साँझ ६ बजेदेखि आइतबार सांझ ६ बजेसम्म २४ घण्टे अखण्ड भजन सत्संग हुने उनले जानकारी दिए । उनले भने, ‘मन्दिरको स्थापना कालदेखि हरेक वर्ष यो कार्यक्रम हुँदै आएको छ ।’

    श्री सत्य साई केन्द्र मेउडिहवा एक विशुद्ध सेवामूलक संस्थाको रुपमा २०३० साल भदौ ३० गते स्थापना भइ हालसम्म विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको उनले बताए ।