images

सोमवार, बैशाख २४ गते २०८१

जुनियर क्रिकेटमा तिलोत्तमा टाईटन विजयी

जुनियर क्रिकेटमा तिलोत्तमा टाईटन विजयी

images
images
images
आइतवार, कार्तिक २७ २०७९
आइतवार, कार्तिक २७ २०७९
  • जुनियर क्रिकेटमा तिलोत्तमा टाईटन विजयी

    बुटवल, २७ कात्तिक ।
    देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग–२०७९ अन्र्तगत शनिबार भएको खेलमा तिलोत्तमा टाईटन विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा भएको खेलमा तिलोत्तमाले बुटवल युनाईटेडलाई ९५ रनले पराजित गरेको हो । 

    images
    images
    images

    टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले पुरै ओभरमा ९ विकेटको नोक्सानीमा २ सय १० रनको लक्ष्य खडा गरेको थियो । तिलोत्तमाका लक्ष्मण कुमालले ४१, सन्दिप यादवले ३७ र अंकित बिएमले ३४ रन जोडेका थिए । बुटवलका सचिन अर्यालले ३ तथा हरिकेश मोरियाले १ बिकेट लिएका थिए । विशाल रन पछयाएको बुटवलका ब्याट्सम्यानहरु २६.१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रनमा समेटिए । उसका लागि हरिकेशले ३० तथा सन्दिप ढकालले २६ रनबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन । बुटवलका बिपर्सन केसीले ५ तथा लक्ष्मण कुमालले २ विकेट लिए । खेलमा बुटवलका बिपर्सन केसी म्यान अफ द म्याचबाट पुरस्कृत भए । 

    प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको गौचनले बताए । स्थानीय पालिकाहरुबाट यु १९ उमेर समूहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ ।

    प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरी ६ टीमबीच खेल भइरहेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij