images

सोमवार, बैशाख २४ गते २०८१

फाईभ ए साईडको उपाधि बुटवल भेट्रान्सलाई

फाईभ ए साईडको उपाधि बुटवल भेट्रान्सलाई

images
images
images
आइतवार, कार्तिक २७ २०७९
आइतवार, कार्तिक २७ २०७९
  • फाईभ ए साईडको उपाधि बुटवल भेट्रान्सलाई

    बुटवल, २७ कात्तिक ।
    प्रथम फाईभ ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि बुटवल भेट्रान्स जितेको छ । शनिबार भएको फाइनल खेलमा भलुही एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै बुटवलले उपाधि चुमेको हो । 

    images
    images
    images

    एक समारोहकाबीच वडाअध्यक्ष लोकनाथ न्यौपाने, कलेजका प्रशासकीय अधिकृत नगेन्द्र यादवले विजेता, उपविजेता टिमलाई कप वितरण गरेका छन । प्रतियोगितामा डिगरनगरको जेजेएफसी, भलुही एफसी, बुटवल भेट्रान्स, एमएफसीकाबीच खेल भएको थियो ।

    सामूदायिक लगानीमा बुटवलमा पहिलो फाईभ ए साईड फुटबल मैदान निर्माण गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ स्थित ताईवान टोल र चन्द्रनगर टोलमा रहेको निजी जग्गामा बुटवल उपमहानगरपालिका, स्थानीय खेलप्रेमीहरुको आर्थिक सहयोगमा रात्रीकालिन खेल खेल्न मिल्ने फाईभ ए साईड फुटबल मैदान निर्माण गरी उद्घाटन गरिएको हो । 

    बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले मैदानको उद्घाटन गर्दै सामूदायिक लगानीमा खेलप्रेमीहरुको सहयोगमा मैदान तयार भएको बताए । लिट्स कलेजबाट मैदानको लागि जग्गा निःशुल्क सहयोग भएको उनले बताए । कलेजका प्रशासकीय अधिकृत नगेन्द्र यादवले सामाजिक उत्तरदायित्वका रुपमा खाली जग्गा सहयोग गरेको बताए । भेट्रान्स खेलाडी सुमित थापाको अगुवाइमा मैदान तयार भएको हो । करीब ४ कठ्ठा जग्गामा साढे ३ लाख रुपैयाँ खर्चमा मैदान तयार भएको थापाले बताए । रात्रीकालीन खेल खेलाउन सकिने गरी ४ वटा नाईट लाईटको समेत व्यवस्था गरिएको उनले बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij