२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा रहेको गाडीमा तोडफोड

आइतवार , कार्तिक २७, २०७९

चितवन, २७ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ ।

इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।

उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।