images

शुक्रवार, बैशाख १४ गते २०८१

खेलकुदबाट राजनीतिको यात्रामा कुमार, युवाको साथ विश्वासको आधार

खेलकुदबाट राजनीतिको यात्रामा कुमार, युवाको साथ विश्वासको आधार

images
images
images
सोमवार, कार्तिक २८ २०७९
सोमवार, कार्तिक २८ २०७९
  • खेलकुदबाट राजनीतिको यात्रामा कुमार, युवाको साथ विश्वासको आधार

    बुटवल । नेपालका राजनीतिक दल र तिनका नेताहरुले खेलकुदको मुद्दालाई कमै महत्व दिने गरेको पाइन्छ । निर्वाचनका वेला सार्वजनिक गर्ने घोषणापत्र वा प्रतिवद्धतापत्रहरुमा खेलकुदको कुरा राख्नका लागि राख्ने गरिन्छ तर खेलकुद र त्यससंग जोडिएको ठूलो समुहको पक्षधरता भएर उनका भावनालाई समेटेर अगाडी बढाएको कमै भेटिन्छ । पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा ओझेलमा पारिएको खेलकुदका मुद्दा बोकेर निर्वाचनमा होमिने उम्मेदवारहरु बढेका छन् । यसले नेपाली खेलकुदका बारेमा नयाँ वहस मात्र होइन खेलकुद क्षेत्र देश विकासको एक महत्वपूर्ण पक्ष हो भन्ने कुरा स्थापित हुदैछ ।

    images

    आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही खेलकुद र खेलकुदका आवद्ध युवाहरुको मुद्दालाई प्रमुख मुद्दा बनाएर होमिएका छन् : दिर्घबहादुर केसी अर्थात कुमार केसी । उनी आम चल्तीमा कुमारका नामले परिचित छन् । सत्ता गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका दिर्घबहादुर केसी कुमार रुपन्देही क्षेत्र नम्बर–२ (१) बाट प्रदेशसभामा चुनावी मैदानमा छन् ।

    उनको उम्मेदवारीले यस क्षेत्रमा मात्र होइन नेपालमै खेलकुदको मुद्दा सतहमा आएको छ । यस्तो हुनुको पछाडी उनको खेल क्षेत्रसंगको सामिप्यता र उनले चुनावमा खेलक्षेत्रको विकासका लागि अगाडी सारेका योजनाका कारणबाट भएको हो ।

    नेपालका विभिन्न सशक्त एवं नेतृत्वदायी खेल संस्थाहरुको नेतृत्व गरिसकेका र गरिरहेका केसीको चुनावी राजनीतिमा प्रवेशले खेल क्षेत्रमा लागेका युवाहरुमा उत्साहा जगाएको छ । पछिल्लो समय खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण निकै बढेको छ । खेलक्षेत्रले दिने संन्देश र पहिचानले गर्दा बढेको आर्कषणलाई अझ मजबुत बनाउने लक्ष्य केसीले बोकेका छन् ।

    केसीको खेलकुदमा विगत र वर्तमान

    केसीको खेलकुदसंगको संलग्नता नेपालको खेलकुदमा अग्रणी जिल्ला र शहरका रुपमा स्थापित बुटवल, रुपन्देहीबाट भएको हो । नेपाली फुटवलमा मोफसलकै पुरानो क्लबमध्ये एक फुटवल क्लब हो रूपन्देहीको गोरखा ब्वाइज क्लब । त्यही क्लबबाट कुमारले खेलकुदमा औपचारिक रुपमा प्रवेश गरेको बताउछन् । २०४३–४४ सालतिरबाट कुमारलाई यस क्षेत्रका अग्रजहरुको संगतले फुटबल खेल्न मैदानमा पुर्‍याएको उनी सम्झन्छन् । अग्रजहरुको  पदचाप पछ्याउने क्रममा ११/१२ वर्षकै उमेरमा केसी फुटबलतिर होमिएका हुन । लामो समयसम्म केसी त्यहीं क्लबबाट फुटवल खेलेका केसीले त्यहीबाट खेलकुदको नेतृत्व पनि थालेका हुन ।

    केसीले फुटबल राजनीतिको कखरा पनि त्यहींबाट सुरू भयो, जुन क्लबले उनलाई खेलकुदमा भित्र्यो र खेलप्रतिको मोह जगाएको थियो । उनी आज त्यस समयमा खेलकुदमा विताएको स्मरण गर्दै खेलकुदको विकासको हुटहुटीलाई जनप्रतिनिको हैसियतमा अगाडी बढाउन चाहान्छन् ।

    कुमार केसी अहिले नेपालको खेलकुदको सबैभन्दा माथिको संस्था नेपाल ओलम्पिक कमिटी तथा फुटवलको संस्था अखिल नेपाल फुटवल संघ(एन्फा) को नेतृत्वमा रहेका छन् । यो ठाउँ पुग्न खेलमा समर्पित व्यक्तिलाई निकै मेहनत गर्नु पर्दछ । जो कसैले पनि यस्तो नेतृत्व हासिल गर्न सक्दैन । त्यसैको उदाहरण हुन कुमार केसी, जस्ले खेल क्षेत्रमा आफुलाई समर्पित गरेर हासिल गरेका छन् । त्यसको जग गोर्खा व्याइज नै हो । उनी सो क्लबको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै लामो समयसम्म अध्यक्ष भएर क्वललाई स्थापित गराएका छन् । आज यो क्लब राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय प्रतियोगितामा भाग दिदै आएको छ । यसै सिजनबाट यो क्लबले मोफसलबाट शहिद स्मारक लिग फुटवल प्रतियोगिताको सि डिभिजन खेलिरहेको छ ।

    गोरखा ब्वाइजकै प्रतिनिधित्व गरेर रूपन्देही जिल्ला फुटबल संघको उनले दुई कार्यकाल अध्यक्ष भएर सफल नेतृत्व गरेका छन् । केसीले आफुलाई त्यहामात्र सिमित गरेनन । उनले रूपन्देहीलाई नेतृत्व गर्दै एन्फाको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएँ । त्यसपछि एन्फाको प्रतिनिधित्व गरेर नेपाल ओलम्पिक कमिटीमा सदस्य हुन पुगेका हुन । मोफसलमा एक खेलाडीको रूपमा फुटबलसँग जोडिएको युवा एकपछि अर्को चरण पार गर्दै नेपाल कै खेलकुदको नेतृत्व लिन सफल भएको छ । यसका पछाडी उनीसंग रहेको नेतृत्व गर्ने क्षमता र युवाहरुको भावना बुझ्ने मनले भुमिका खेलेको बताउछन् ।

    जीवनको सबैभन्दा ऊर्जाशील समय फुटबल र यस क्षेत्रको खेलकुदमा खर्चिएका केसीले अहिले एन्फाको उपाध्यक्ष जस्तो उच्च पदमा निर्वाचित भएर काम गरिरहेका छन् । उनले खेलकुदमा निर्वाहा गरेको सफल नेतृत्वलाई यस पटक राजनीतिकातर्फबाट जनप्रतिनिधि भएर प्रयोग गर्न चाहान्छन् । त्यही अभिलाषा बोकेर उनी रुपन्देही क्षेत्र नं. २(१) बाट प्रदेशसभामा उम्मेदवार बनेको उनको भनाई छ ।
     
    उनका प्रतिवद्धता

    देशको विकासका लागि निर्वाचित जनप्रतिनिधिको हैसियतले निवाहा गर्नु पर्ने भूमिकाका बारेमा उनी सचेत छन् । उनले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा भनेका छन्–प्रदेशलाई समुन्नत र विकसित बनाउने अठोट लिएको छु । त्यसका लागि ठोस योजना र कार्यक्रम तर्जुमा जरुरी हुन्छ, मैले प्रदेशको भौतिक पूर्वाधार र मानवीय विकासका लागि वहस र पैरवी गर्ने जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत हुनेछु । 
    उनले आफ्नो प्रतिवद्धतामा प्रदेशमा गरीवी निवारण, शिक्षा, स्वाश्थ्य, रोजगारी, कृषि, पर्यटन, भौतिक विकास एवं पूर्वाधार निमार्ण, सुशासन, महिला सशक्तिकरण, औद्योगिकीकरण आदी समग्र क्षेत्रमा ठोस काम गर्ने जनाएका छन् । यसका साथमा उनको महत्व र कर्म क्षेत्रका रुपमा रहेको खेलकुद र युवाहरुको समग्र विकासमा दुई कदम अगाडी बढेर काम गर्ने प्रतिवद्धता रहेको छ । उनले भनेका छन्–बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नंं ४ डिंगरनगरमा रङ्गशाला निमार्ण गर्न पहल गर्ने र खेलको माध्यमबाट युवाहरुको जिवनशैलीमा सुधार ल्याउने छु ।

    चुनावी मैदानमा

    केसी अहिले चुनावी मैदानमा छन् । उनको विहान ५ वजेदेखि ९ वजेसम्मको दैनिकी मतदाताको माझ पुग्ने, कुरा सुन्ने–सुनाउने र उत्साहा जगाउने बनेको छ । यही क्रममा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तनमा परिर्वतन भएन कहिले हुन्छ भन्ने जिज्ञासा मतदाताहरुले प्रचारका क्रममा घरदैलोमा जादा आफुलाई सोध्ने गरेको केसी भन्छन् । त्यसैले जनताको त्यो परिर्वतनको चाहाना पुरा गर्न नेतृत्व अर्थात जनप्रतिनिधि पनि परिर्वतन गर्नु पर्दछ भन्छु मैले । मेरो उम्मेदवारी जनतामा आशा र भरोसा जगाउन हो र त्यो मैले कुराले होइन कामबाट नै दिने प्रतिज्ञा गरेको छु । 
    मतदाता अहिले पनि संघीयताको पक्षमा, गणतन्त्र, समावेशीता र स्थिरताको पक्षमा मत हाल्छौँ भन्ने गर्दछन् तर हाम्रो अवस्था कहिले परिवर्तन हुन्छ भन्ने प्रश्न चाहिँ गर्न छाडेका छैनन, यो निकै गम्भिर विषय हो केसीको भनाई छ । हामीले जनताको परिर्वतनको चाहाना पुरा गर्न नसकेको कुरालाई नजिकबाट बुझ्ने जरुरी भएको बताउदै केसी भन्छन्–त्यो जिज्ञासा मेटाउने काम हाम्रो हो । जनताले दिएको मतले दृढता र संकल्पसहित अब हामी अगाडि बढ्छौँ । 

    जित विश्वासको आधार

    जनताको विकास निर्माणको चाहानामा होस वा सुखदुःख, अप्ठेरो पर्दा पदमा नरदाँ पनि निरन्तर व्यक्तिगत रूपमा होस् या आफुले नेतृत्व गरेका संस्थाहरुबाट संस्थागत रूपमा साथ आम मतदाता एवं विषेशगरि युवाहरुलाई साथ दिँदै आएको छु त्यही नै मेरो जितको आधार हो केसीको भनाई छ । केसी भन्छन्–प्रदेशलाई बलियो बनाउन र युवाहरुको चाहाना पुरा गर्न मैले उम्मेदवारी दिएको हो । म अरु जस्तो घुममीघुमी एउटै पदमा भोट माग्न आउने छैन ।

    म अरू नेता वा प्रतिद्वन्द्वीको बारे तल्लोस्तरको टिप्पणी गर्न चाहादैन, मलाई थाहा पनि छैन तर म मेरो निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधानका लागि सहयात्रा गर्न अन्यभन्दा सक्षम छु, प्रतिवद्धता छु । म मेरो भूगोलसँग सधैँ जोडिएको छु । खेलकुद र युवाहरुको विकास मेरो प्राथमिक लक्ष्य हो यो मेरो विगतले पनि देखाएको छ । – केसीको धारणा छ ।

    उनको भनाई छ – मेरा मतदाता एवम् शुभचिन्तक शुभेच्छुकले मलाई सधैँ आफूसँगै पाएकाले नै मैले उम्मेदवारी दिएदेखि यस क्षेत्रका जनता मेरो विश्वास र भरोसा हुन म उत्साहित छु ।
    केसी आफुलाई समाजसेवाको उद्देश्यले राजनीतिमा आएको बताउछन् । उनी भन्छन् जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म सधैँ जनताको व्यक्तिगत सुखदुःख, सामाजिक हित र युवा एवं खेलकुदको विकासमा जोडिएको छु जोडिन चाहेको बताउछन् ।

    उनले आफु कुनै जिम्मेवार पदमा नभएको अवस्थामा पनि यस जिल्लामा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रका लागि राज्यस्तरमा पहल गरेर धेरै योजना ल्याउने भूमिका निर्वाहा गरेको र जनताका व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएको हुदाँ मतदाता आफुलाई मतदान गर्न आतुर भएको बताउछन् । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij