२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

रामनरेश यादव माविमा माईन तथा बिष्फोटजन्य वस्तु जोखिम शिक्षा

मंगलवार , कार्तिक २९, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २९ कात्तिक ।
    आगामी मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाली सेनाको मध्य पश्चिम पृतना अन्तर्गतको काली भक्ति गण (ई) विद्यार्थीहरुलाई बिष्फोटकजन्य वस्तु जोखिम शिक्षा (माईन रिक्स एजुकेशन)बारे प्रशिक्षण दिएको छ ।

    निर्वाचनमा कुनै पनि शंकास्पद वस्तु पहिला विद्यार्थीहरुलाई जानकारी हुन सक्ने भएकोले रोहिणी गाउँपालिका–३ स्थित धकधई, स्वामीनगरस्थित श्री रामनरेश यादव आदर्श  माध्यमिक विद्यालयमा अध्ययनरनत विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको काली भक्ति गण (ई) का सेनानी दिल बहादुर खड्काले जानकारी दिए । निर्वाचनलाई अवरोध पुर्याउने उद्देश्यले राखिएका शंकास्पद वस्तुको पहिचान गरी त्यसबाट पुग्न सक्ने क्षतिको जानकारी गराउँदै आफू कसरी जोगिने र मतदातालाई कसरी जोगाउनेबारे जानकारी गराइएको खड्काले बताए । उनले भने, ‘यस्तो खालको प्रशिक्षण लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको छ । ’ 

    आइइडी जोखिम शिक्षा काली भक्ति गण (ई) बाट खटिएका सकलदर्जाहरुले दिदै आएका छन् । नेपाली सेनाले नागरिकलाई माईन तथा विष्फोटजन्य वस्तु जोखिम शिक्षाको कक्षा समेत सञ्चालन गर्दै आएको छ ।