images

आइतवार, बैशाख ३० गते २०८१

रुपन्देहीमा मतदानको लागि तयरी पुरा

रुपन्देहीमा मतदानको लागि तयरी पुरा

images
images
images
शनिवार, मंसिर ३ २०७९
शनिवार, मंसिर ३ २०७९
  • रुपन्देहीमा मतदानको लागि तयरी पुरा

    भैरहवा । भोली हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको तयारी रुपन्देहीको भैरहवामा पुरा भएको छ । सिद्धार्थनगरमा रहेका १३ वटै वडामा तयारी पुरा भएको मतदान अधिकृतहरूले जानकारी दिएका छन् ।

    images
    images
    images

    रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन् । ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा २ सय ८ मतदान स्थल छ भने ५ वटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ ।

    कार्यालयका अनुसार रूपन्देही–१ मा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार छन् । रूपन्देही–२ मा प्रतिनिधिसभातर्फ १५, प्रदेशसभा १ मा १२ र २ मा ११ जना उम्मेदवार छन् ।

    त्यस्तै रूपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२, प्रदेशसभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् । रूपन्देही–४ मा प्रतिनिधिसभातर्फ १३, प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन् । रूपन्देही ५ प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा १३ र २ मा १४ जना उम्मेदवार छन् ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार समग्र जिल्लामा तयारी पूरा भएको छ । विहान ७ बजे देखि मतदान हुने हुदा सबै जनशक्तिहरु फिल्डमा पुगिसकेका छन् । जिल्लाका हरेक मतदान केन्द्र र स्थलमा सुरक्षाकर्मी खटाइसकिएको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ  । न्युज कारखाना
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij