२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

करेन्ट लागेर रुपन्देहीमा एकजनाको मृत्यु 

बुधवार , पौष १, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १ पुस ।

    करेन्ट लागेर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदहका २३ वर्षिय सम्झना चाई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    बुधबार बिहान ७ बजे आफ्नै घरको कोठामा अचानक करेन्ट लागि आगलागि भइ सम्झनाको मृत्यु भएको जिल्ला कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । घटनाबारे प्रहरीलाई खबर हुनासाथ इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोली घटनास्थलमा पुग्दा शव पलङमा जलेको अवस्थामा रहेको र दराजभित्रको कपडा, सुत्ने ओछ्यान लगायतका वस्तुहरु जलेको अवस्थामा फेला परेको थापाले जानकारी दिए ।

    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।