२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधवार , पौष १, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १ पुस । 
    माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपीपलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवतर्फ जाँदै गरेको लु २ ख १४१५ नम्बरको माइक्रोबसले सोही दिशातर्फ जाँदै गरेको लु ४१ प ९५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । 

    मृत्यु हुनेमा देवदह नगरपालिका–११ जयपुरका २३ वर्षिय राजु थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । बस, बस चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको उनले जानकारी दिए ।