२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध भैरहवामा वाकाथन

बुधवार , मंसिर ७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ७ मंसिर  । 
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा यही मंसिर ९ गते शुक्रबार भैरहवामा वाकाथन हुने भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध कार्यक्रम आयोजना गरिएको क्लबले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    ‘आफ्नो जीवनलाई स्वर्ग बनाउनुहोस्, आफ्नो मौनता तोडनुस् ’ नाराका साथ आयोजना गरिएको कार्यक्रमले महिलालाई हिंसाविरुद्ध बोल्न प्रेरित गर्ने क्लबकी अध्यक्ष सबा खानले बताइन् । उनले वाकाथन बिहान ७ः३० बजे बुद्धचोकदेखि सुरु हुने र मिलनचोकमा पुगेर महिला हिंसाविरुद्ध सडक नाटक प्रस्तुत गरिने जानकारी दिइन् । उनले भनिन्, ‘मिलनचोकदेखि पुनः सिद्धार्थ रंगशाला पुगेर त्यहाँ विभिन्न सचेतनामूलक कार्यक्रम गरिनेछ ।’
    क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन कार्यक्रममा सहभागी हुन अपील गरिन् ।

    क्लबकी सह-सचिव स्नेहलता राउत थापाले अभियान अन्र्तगत विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने बताइन् । उनले यो अवधिमा विभिन्न संघ–संस्थाबीच बहस कार्यक्रम (टक सो) समेत सञ्चालन गरिने बताइन् । कार्यक्रमको समापन मंसिर २२ गते ‘मौनता तोडौं’ कार्यक्रमको आयोजना गरी हिंसामा परेका महिला तथा बालबालिकाहरुको अनुभव आदानप्रदान गरिने उनले जानकारी दिइन् ।