images

सोमवार, बैशाख २४ गते २०८१

गुल्मीमा नागरिकता लिनेहरुको भिड

गुल्मीमा नागरिकता लिनेहरुको भिड

 सेवाग्राहीमा कोरोनाको त्रास

images
images
images
बिहिवार, पौष २ २०७७
बिहिवार, पौष २ २०७७
  • गुल्मीमा नागरिकता लिनेहरुको भिड

    गुल्मी, २ पुस ।
    गुल्मीको धुर्कोट गाउँपालिकाका बीपिन मुखिया नागरिकता बनाउन बुधबार बिहान १० बजे नै जिल्ला प्रशासन कार्यालय तम्घास आए । प्रशासन कार्यालयबाट छिनमै नागरिकता बन्छ भन्ने खबर सुनेका मुखिया बुधबार घण्टौं कुर्न बाध्य भए । रेसुङ्गा नगरपालिका पराल्मीका टोप बहादुर दर्जी पनि घण्टौँ सम्म प्रशासन कार्यलयको प्रतिक्षालयमा बसे । तर, दिउँसो २ बजेसम्म पनि उनको नागरिकता बनेन । मुखिया र दर्जी जस्ता थुप्रै सेवाग्राही  प्रशासन कार्यालयमा लाइन लागेर उभिएका थिए । 

    तर, कारोना महामारीको समयमा यसबाट  बँच्नका लागि उनीहरुले मुखमा मास्कबाहेकका कुनै उपायहरु प्नि अपनाएनन् । सामाजिक दुरी कायम गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राही कसैलाई पनि अनुरोध गरेन । गाउँबाट आउने सेवाग्राहीलाई सामाजिक दुरी एक कथा जस्तै थियो । नागरिकता बनाउन लागेको भिडका कारण कोरोनाको संक्रमण गाउँगाउँमा पुग्न सक्ने भन्दै एक सेवाग्राहीले दुःखेसो पोखे । नागरिकता बनाउन आएका वीपिन मुखियाले नागरिकता बनाउन जरुरी भएकोले कोरोनाको त्रास मनमा लिएर पनि भिडभाडमा उभिन बाध्य रहेको गुनासो पोखे ।

    लामो समयको लकडाउनका कारण नागरिकता बनाउन नपाएका गुल्मीका नागरिकको प्रशासनमा भिड लागेको हो । लकडाउनपछि प्रशासन कार्यालयका कर्मचारीलाई सेवाग्राहीको काम गर्न भ्याईनभ्याई छ । 

    मंसिर महिनामा मात्रै जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १ हजार १ सय ७२ जनाले नागरिकता लिएका छन् । जसमा ६ सय ९६ जना पुरुष र ४ सय ७६ जना महिला रहेका छन् । प्रशासन कार्यलयबाट ५ सय १७ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । मंसिर महिनामै प्रशासन कार्यलयबाट ४३ जनाले नाबालक परिचयपत्र लिएका छन् । ९९ प्रतिलिपी सिफारिस र ३ सय ९१ जनाले साधारण सिफारिस लिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक शाखाले जानकारी दिएको छ । प्रशासन कार्यलय गुल्मीका अनुसार कार्यालयबाट २ सय ३७ जनाले राहदानी लिएका छन्  । मंसिरमा कार्यलयबाट १ सय १७ जनाले जनजाति प्रमाणित गराएका छन् भने ८४ जनाले दलित प्रमाणित गराएका छन् ।  

    लामो समय कारोनाका कारण रोकिएका नागरिकता र कक्षा १२ को परीक्षा भर्खर सकिएकाले जिल्ला प्रशासन कार्यलयमा दैनिक नागरिकता लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत उद्धब पन्थीले बताए ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij