२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

अप्रत्याशित ढङ्गले मकवानपुर–१ मा राप्रपाका दीपक सिंह जित नजिक

बिहिवार , मंसिर ८, २०७९

हेटौडा। मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह जित नजिक पुगेका छन् । 

मतगणना अवधि भर तेश्रो स्थानमा रहेर पछ्याइरहेका सिंहले अन्तिम समयमा आएर अग्रता हासिल गर्दै पहिलो स्थानमा पुगेका हुन् । मत गणनाको क्रममा अन्तिम समयमा हेटौंडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गणना थालेसँगै सिंहले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यय डिनालाई पछि पारेका हुन् । 

हालसम्म कूल ८४ हजार ५ सय ६८ मतगणना हुँदा उनले २६ हजार  ७७१ मत पाएका छन् । कांग्रेसकी महालक्ष्मी उपाध्ययले २५ हजार ३१९ मत पाएकी छिन् । 

एमालेका उम्मेदवार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २४ हजार ७७० मत पाएका छन् । उनले यसअघि नै हार स्वीकार गरिसकेका छन् । अब हेटौडा उपमहानगरपालिकाको वडा नम्बर १० को मतगणना बाँकी रहेको छ ।